पोखरा, २८ फागुन। अभियान युवा क्लबको आयोजनामा पोखरामा चैत १ देखि ३ गतेसम्म दोस्रो अभियान पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता तयारी पूरा भएको संयोजक जयप्रकाश थापा ‘पप्पुले बताए।
मालेपाटन खेल मैदानमा हुने क्लबस्तरीय भलिबल प्रतियोगितामा कास्की लगायत स्याङ्जा, तनहुँ पर्वत र म्याग्दीका गरी १४ टिमको सहभागिता रहने उनले बताए ।
विजेताले ५० हजार, उपविजेताले ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्। अनुशासित टिमलाई प्रशंसापत्रको सम्मानसहित वेष्ट प्लेयर, वेष्ट स्पाइकर, वेष्ट ब्लकर, वेष्ट सेटर, वेष्ट डिफेन्स र वेष्ट सर्भरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ । गत वर्ष म्याग्दीको पुनहिल क्लब विजेता बनेको थियो।
वेष्ट अफ फाइभ एवम् नकआउट आधारमा खेलाइने प्रतियोगितामा क्लब, विद्यालय र जिल्लास्तरीय टिमले खेल्न पाउने प्रावधान छ। राष्ट्रिय विभागीय टिम तथा राष्ट्रिय र क्षेत्रीय खेलाडीले प्रतियोगितामा कुनै पनि टिमबाट खेल्न नपाउने पश्चिमाञ्चल भलिबल संघका सदस्य रमेश श्रेष्ठले जानकारी दिए। मेट्रो सिटी हस्पिटलले मुख्य प्रायोजन गरेको उक्त प्रतियोगितामा २ लाख ६० हजार आम्दानी र २ लाख ४७ हजार ५ सय रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ।
Related News
सम्बन्धित समाचार
वडास्तरीय वडाध्यक्ष कप चापाकोट ४ लाई
जिएमसी स्पोर्टमा ११ कलेज सहभागी
आजदेखि बिटी कप
पोखरामा ९० हजार पुरस्कारको क्यारमबोर्ड प्रतियोगिता हुने
फेन्सिङमा गण्डकीलाई स्वर्ण
hero news full width
मुख्य समाचार
३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९