काठमाडौँ, २८ फागुन : आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत सोमबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई पाँच विकेटले पराजित गरेको छ ।
जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लब मैदानमा १५४ रनको लक्ष्य पच्छाएको नेपालले ४० दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरयो । यो जितसँगै नेपाललाई एक दिवसीय मान्याता हासिल गर्ने सम्भावना कायमै रहेको छ । दुर्इ अंक जोडेको अफगानिस्तान रन रेटका आधारमा समूह ‘बी’ बाट तेस्रो भएर सुपर सिक्स पुग्न सफल भएको छ भने समान दुर्इ अंक जोडेका नेपाल र हङकङ रनरेटका आधारमा पछाडि परेका हुन । सोही समुहमा रहेका जिम्बावे र स्कटल्याण्ड्स सुपर सिक्समा यसअघि नै पुगिसकेका छन् । नेपाल चौथो तथा हङकङ पाँचौ भएको छ ।
नेपालको जितमा रोहितकुमार पौडेलले सर्वाधिक रनको योगदान दिए भने सोमपाल कामीले ३७, अनिलकुमार शाहले २६, ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरीले १२/१२ तथा कप्तान पारस खड्काले ११ रन जोडे । बलिङतर्फ हङकङका अइजाज खान र एहसान खानले दुर्इ/दुर्इ विकेट लिए ।
त्सअघि टस जितेर ब्याटिङ गरेको हङकङले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनको योगफल बनायो ।
हङकङका लागि निजाकत खानले ४७, इशान खानले २५, कप्तान बाबर हयातले २०, इशान नवाजले १३ तथा तनवीर अफजलले १० रन बनाए ।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन, करण केसी र वसन्त रेग्मीले दुर्इ/दुर्इ तथा सोमपाल कामी र ललितनारायण राजवंशीले एक-एक विकेट लिए ।
अघिल्ला तीन खेलमा नेपालले पराजय भोगेको थियो । नेपाल पहिलो खेलमा जिम्बावेसँग ११६ रनले, दोस्रो खेलमा स्कटल्याण्डसँग चार विकेटले तथा तेस्रो खेलमा अफगानिस्तानसँग ६ विकेटले पराजित भएको थियो ।
Related News
सम्बन्धित समाचार
सेभेन ए साइडमा तितुङको दोहोरो ह्याटिक
सेभेन ए साईड फुटबल : भीमकालिसँग बी–१३ पराजित
सेभेन ए साइड प्रतियोगिता सुरु
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा सार्वजनिक
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९