पोखरा, २६ फागुन। वीरेठाँटी युवा परिवार अन्नपूर्ण गाउँपालिका-८, कास्कीको भेलाले चन्द्रबहादुर गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
समिति उपाध्यक्षमा सुरेश गौचन, सचिवमा अतित गुरुङ, कोषाध्यक्षमा ध्रुव पाण्डे, सहसचिवमा सुमिल गुरुङ छन्।
सदस्य उत्तर पाण्डे, आइतकुमारी विक, वीनिशा गुरुङ, सविना गुरुङ, समीक्षा गुरुङ, विशाल चपाई, सुदन गुरुङ, सुरेश गुरुङ र विश्वास गुरुङ छन्। भेलाले प्रमुख सल्लाहकारमा देवेन्द्रकुमार शेरचनलाई चयन गरेको छ।
सल्लाहकारमा पूर्ण कोने गुरुङ, विजय गुरुङ, चक्रप्रसाद गौचन, मनोज गुरुङ, कृष्ण गौचन, रवीन्द्र शेरचन, वसन्त भट्टचन, टेकबहादुर गुरुङ, गजेन्द्र गौचन, हरि घमाल, तिलक घमाल र अमृत गुरुङ छन्।
परिवारका पदाधिकारी एवं सदस्यलाई अन्नपूर्ण गाउँपालिका वडा ८ का वडाध्यक्ष विजय गुरुङले अविर तथा खादा लगाएर बधाई दिएका थिए।
भेलामा परिवारका अध्यक्ष चन्द्रबहादुर गुरुङले सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्वता व्यक्त गरे।
परिवारका प्रमुख सल्लाहकार देवेन्द्रकुमार शेरचनले युवाको सहभागिताबिना कुनै पनि योजना सफल नहुने भन्दै युवालाई साथमा लिएर अघि बढ्नुपर्नेमा जोड दिए।
अन्नपूर्ण गाउँपालिकाका वडा ८ का वडाध्यक्ष विजय गुरुङले विकासका लागि हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।
सल्लाहकार पूर्ण कोने गुरुङले युवाले समाजका लागि रचनात्मक र सकारात्मक काम गरी समाज रुपान्तरणमा योगदान दिनुपर्नेेमा जोड दिए।
भेलाले फागुन १७ देखि २१ गतेसम्म सञ्चालित फागू मेलाको आय/व्यय पारित गरेको छ। मेलामा १३ लाख १५ हजार आम्दानी र ८ लाख १५ हजार खर्च भई पाँच लाख बचत भएको छ।
वीरेठाँटी युवा परिवारका उपाध्यक्ष सुरेश गौचनको अध्यक्षतामा भएको कार्यक्रममा मेला संयोजक टेकबहादुर गुरुङले स्वागत र सचिव अतित गुरुङले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
कालीगण्डकी दोहन रोक्न साझा पहल
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
hero news full width
मुख्य समाचार
गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९