पोखरा, २६ फागुन । पोखरामा जारी बृहत् सफाइ अभियान वडा १ को लालटिन बजारस्थित कसेरीघाटमा शनिबार सम्पन्न भयो ।
सेती नदी स्वच्छ, सफा र पवित्र बनाउने उद्देश्यले महानगरअन्तर्गतका घाटको सरसफाइमा विशेष जोड दिइएको अभियान संयोजक रामबहादुर पौडेलले जानकारी दिए । उनका अनुसार ९३ औं साताको सफाइ कार्यक्रममा झण्डै १२ टन फोहोरमैला संकलन गरिएको छ ।
‘हप्तामा एक घण्टा : राष्ट्रका लागि स्वयंसेवा’ भन्ने उद्घोषका साथ संचालित यसपटकको अभियानलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पोखरा लेखनाथ महानगरपालिका कार्यालय, मुक्तिनाथ विकास बै.क, ओम डेभलपमेन्ट बैंक, माछापुच्छे्र महिला क्लब, विभिन्न क्षेत्रका सामाजिक अभियन्ता, स्थानीय संघसंस्था लगायत टोलबासीले साथ दिएको नागरिक समाज पोखराका कावा संयोजक विष्णुहरि अधिकारीले बताए ।
यसअघि, पोखरा वडा १ की अध्यक्ष शारदाकुमारी पराजुलीयले सरसफाइ एवं राष्ट्रिय भावनाको शपथ गराएकी थिइन् ।
कार्यक्रममा सशस्त्र प्रहरी गण पार्दीका गणपति प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले उपस्थित सबै सहभागीलाई धन्यवाद दिँदै नेपाल प्रहरीका तर्फबाट यस्तो पवित्र अभियानमा साथ र सहयोग रहीरहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका लागि यसपालि ओम डेभलपमेन्ट बैंकका तर्फबाट ५ प्याकेट डिस्पोजल ग्लोब सहयोग स्वरुप उपलब्ध गराइएको थियो ।
९४ औं हप्ताको सफाइ अभियान सिम्पानीसँगैको प्रसिद्ध गाईघाटमा हुनेछ ।
Related News
सम्बन्धित समाचार
वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
रेडियोकर्मी ताम्राकारको निधन
सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
स्वतन्त्र पत्रकार संघ नेपाल काठमाडौंमा पुष्कर
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
चैत्र १०, २०७९