पोखरा, २६ फागुन। पोखरामा १ सय केजीको केक बनाइएको छ। पोखराको काठमाडौं फ्रेस बेकरी उद्योगका सञ्चालक रोशन महर्जनले उक्त केक बनाएका हुन्।
पोखरामा शनिबार भएको लायन्स शत्वाषिर्की समारोह तथा नागरिक अभिनन्दन समारोहका लागि केक बनाइएको हो।
उद्योग सञ्चालक महर्जन लायन्स क्लब अफ पोखरा मुनालका अध्यक्ष समेत हुन्। सो समारोहका लागि उनले सो केक सौजन्य गरेका थिए।
केकको मूल्य करिब १ लाख ५० हजार रुपैयाँ पर्ने बताइएको छ। ३४ घण्टा समय लगाएर केक बनाइएको हो।
चकलेट, क्रिम, वटर, सुगर, मैदा र अण्डा लगायत सामग्री प्रयोग गरी केक बनाइएको महर्जनको भनाइ छ। केकको लम्बाइ आठ फिट, चौडाइ चार फिट र उचाइ १० इञ्च छ।
शत्वाषिर्की समारोह तथा नागरिक अभिनन्दन समारोहमा सो केक सबैका लागि आकर्षण बन्यो। उपराष्ट्रपति नन्दकिशोर पुनले सोही केक काटेर समारोह उद्घाटन गरेका थिए।
केकसँग फोटो खिच्न सैयौँको संख्यामा भिड लागेको थियो। समारोहका सहभागीलाई ६ जनाले २ घण्टा समय लगाएर केक काटी वितरण गरेका थिए। केक ८ जनाले बोकेर समारोहस्थल पुर्याएका थिए।
Related News
सम्बन्धित समाचार
ट्होटेंमा राष्ट्रपतिको आगमनले तमुहरु उत्साहित
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
मासबार आमा समूहमा शारदा
नेतृत्व विकास तालिम
दीपशिखा पुस्तकालयमा अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९