पोखरा, २६ फागुन । नेपाल अर्वुदरोग निवारण संस्थाको आयोजना तथा शिवशक्ति महिला समूह सेरावेशी तनहुको संयोजनमा मुटु, श्वासप्रश्वास, क्यान्सर रोगका कारण, अवस्था र निवारण विषयक सचेतना कार्यक्रम तनहुँको शुक्लागण्डकी, सेरावेशीमा सम्पन्न भएको छ।
१०८ औँ महिला दिवस अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा १ सय २५ जनाभन्दा बढीको सहभागिता थियो।
शिवशक्ति महिला समूह सेरावेशीका अध्यक्ष उमा पन्थीको अध्यक्षता र नेपाल अर्वुदरोग निवारण संस्था कास्की शाखाका सभापति रामचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सचिव नारायण पराजुली, प्रथम उपाध्यक्ष प्रेम भुजेल र कार्यसमिति सदस्य सरास्वती अधिकारीले मुटु, श्वासप्रश्वास, क्यान्सर रोगको अवस्था र निवारण विषयमा प्रशिक्षण दिएका थिए।
प्रशिक्षकले विशेषगरी वातावरण प्रदूषण, प्लाष्टिक र यसले वातावरणमा पार्ने नकारात्मक प्रभाव, सूर्तिजन्य पदार्थ, विषादी प्रयोग गरेका खाद्य पदार्थ र यसले पार्ने प्रभावबारे जानकारी गराएका थिए।
यसैगरी, चिनी, मैदा, नून र मसलायुक्त खानेकुराको बढी प्रयोगको कारणले क्यान्सर रोग समेत लाग्न सक्ने भएको हुँदा सोको प्रयोगमा सहभागीलाई सचेत गराउनुका साथै नियमित स्वास्थ्य परीक्षण र दैनिक व्यायाम गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा स्थानीय समाजसेवी नरेश भण्डारी, चन्द्रकला अधिकारी लगायतले क्यान्सर रोग र यसका विषयमा भनाइ राखेका थिए।
नेपाल अर्वूद रोग निवारण संस्थाका निवर्तमान सभापति रामप्रसाद बस्ताकोटीले कार्यक्रमको औचित्यतामाथि प्रकाश पारेका थिए भने सञ्चालन संस्थाका सचिव नारायण पराजुलीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
प्रदेश मन्त्रालयलाई समयमै कम्प्युटर आपूर्ति नगर्ने कम्पनीको धरौटी जफत
बिना लाइसेन्स चलाएको स्कुटर दुर्घटना, आमाको मृत्यु, छोरी जेल चलान
माघ २५, २०७९३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
माघ २४, २०७९कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९