काठमाडौँ, २४ फागुन । आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।
जिम्बाबेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा बिहीबार भएको स्कटल्याण्डविरुद्धको खेलमा नेपाल चार विकेटले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा भने नेपाल जिम्बाब्वेसँग ११६ रनले पराजित भएको थियो ।
यता जितसँगै स्कटल्याण्ड भने ६ अंक जोड्दै समूह ‘बी’ बाट सुपर सिक्समा स्थान बनाउन सफल भएको छ । नेपालले अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ । १५० रनको चुनौती पाएको स्कटल्याण्डले ४१ दशमलव तीन ओभरमा ६ विकेट गुमाउदै १५३ रनको योगफल बनायो ।
स्कटल्याण्डको जितमा केल कोत्जरले सर्वाधिक ८८ रनको योगदान दिए भने वालेसले १७, कलुम म्यालेओडले १५ तथा म्याथ्यु क्रसले १४ रन जोडे । नेपालका वसन्त रेग्मी र सोमपाल कामीले समान दुर्इ/दुर्इ विकेट लिए भने ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १४९ रनमा समेटियो । नेपाली टोलीको कप्तान पारस खड्काबाहेक अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । कप्तान खड्काले सर्वाधिक ६३ रनको योगदान दिएका हुन् । उनले ७५ बलमा ११ चौकाको मद्दतमा ६३ रन बनाएका हुन् ।
त्यसैगरी सोमपाल कामीले १८, रोहितकुमार पौडेलले १५ रन जोडे भने वसन्त रेग्मी २४ रनमा नटआउट रहे । दीपेन्द्र सिंह ऐरी एक तथा शरद भेषावकर शून्यमा आउट भए भने आरिफ शेखले २ रन जोडे । स्कटल्यान्डका हृवीटि‹मले ३ विकेट लिए भने सरिफले २ विकेट लिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा राष्ट्रिय स्नुकर प्रतियोगिता
क्रिकेटमा सेन्ट्रल क्रिकेट एकेडेमीको जीत
‘स्वस्थ नागरिकका लागि खेलमैदान’
लोकतान्त्रिक खेलकुदको बधाई
‘नवौं राष्ट्रिय खेलको मिति परिवर्तन हुँदैन’
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९