गल्याङ, २४ फागुन । ‘आर्थिक सशक्तिकरणसहितको सामाजिक जागरण : ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ नाराका साथ १०८ औं अन्तर्राष्ट्रिय नारी दिवस यहाँ विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
कार्यक्रममा गल्याङ नगरपालिकाबाट शुरु भएको र्याली गल्याङ बजार परिक्रमा गरि तुलसी भञ्ज्याङ साना किसानको सभाहलमा पुगी कोणसभामा परिणत भएको थियो ।
कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीले महिलाहरु समाज परिर्वतनका संवाहक भएको हुँदा उनीहरुको सहनशीलताको सम्मान गर्नुपर्नेमा जोड दिए । उनले नारीको एकता नै राष्ट्रको समृद्वि भएको बताए।
कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रकाशकीय अधिकृत अरविन्दमणि त्रिपाठी, वडा १० का वडा अध्यक्ष ध्रुव शर्मा पंगेनी, जिल्ला समन्वय समिति स्याङ्जाका सदस्य धनमाया विश्वकर्मा, अन्तरपार्टीमहिला सञ्जालका क्षेत्रीय अध्यक्ष इन्दिरा लुइँटेल, नेपाल मगर संघ जिल्ला सदस्य कृष्णमाया रानामगर, फेर्चनमखान मसहला समूह अध्यक्ष पार्वती पल्लीमगर, महिना नेतृ सावित्रा कँडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
गल्याङ नगरपालिका उपमेयर देवीसरा थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत गल्याङ नगरपालिका वडा ७ का वडा सदस्य हेमा सिंजाली मगर र सञ्चालन गल्याङ नगरपालिका पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना दोस्रो चरण बास संयोजक नन्दा रानामगरले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९