पोखरा, २४ फागुन । १०८ औं अन्तर्राष्ट्रिय महिला दिवस अवसरमा विभिन्न संघसंस्थाले बिहीबार तनहुँको बन्दीपुर- ५, भुजेल गाउँमा सहयोग गरेका छन्।
गुरुङ कला साहित्य परिषद् नेपाल र फोष्टन युके नेपलिज सोसाईटीले सहयोभुजेल गाउँका विद्यार्थी-महिलालाई सहयोगग गरेका हुन् ।
ती संस्थाले भुजेल गाउँमा रहेको आँदीबाराही प्राविका १ सय ९ विद्यार्थीलाई झोला र कापी, कलम तथा गाउँका ६० जना सुत्केरी महिलालाई झुल वितरण गरेका हुन् । करिब २ लाख मूल्य बराबरको सामग्री वितरण गरिएको बताइएको छ।
भुजेल गाउँबासीको आर्थिक अवस्था कमजोर भएका कारण विद्यार्थी र सुत्केरी महिलालाई सहयोग गरिएको हो ।
उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि महिला नेतृ सरस्वती गुरुङ, तमु कला साहित्य परिषद् नेपालकी अध्यक्ष बुद्वलक्ष्मी गुरुङ, तमु समाज अष्ट्रेलियाका अध्यक्ष प्रेमकाजी गुरुङ, अधिकारकर्मी चमेली परियार, समाजसेवी निर्मला कार्की भण्डारी, सामाजिक अभियन्ता पम्फा गुरुङ र हिमा रेडाफनले ती सामाग्री वितरण गरेका थिए ।
कार्यक्रममा सहयोगी संस्थातर्फबाट भुजेल गाउँमा एसर्इइ परीक्षा उत्तीर्ण गर्ने रक्षा भुजेललाई उच्च शिक्षाका लागि सहयोग गर्ने प्रतिबद्वता जनाइएको छ ।
कार्यक्रममा बोल्दै महिला नेतृ सरस्वती गुरुङले भुजेल गाउँका लागि सहयोग जुटाउन लागिपर्ने उल्लेख गरिन् । ‘यो गाउँमा आइपुगेका छौं, यहाँको समस्या उजागर गर्छ’, उनले भनिन्-‘यो गाउँको समस्या समाधानमा लाग्ने छौं।’
भुजेल गाउँमा सानो उमेरमा नै प्रेम विवाह गर्ने गलत संस्कृतिको विकास भएको भन्दै त्यसलाई रोक्नका लागि अभियान चलाउन आग्रह गरिन् ।
तमु कला साहित्य परिषद्का सल्लाहकार राजबहादुर गुरुङले विपन्नलाई सहयोग गर्न एकजुट हुनुपर्ने बताए।
भुजेल समाज सेवा समितिका अध्यक्ष लोकबहादुर भुजेलले विकास र आर्थिक रुपमा भुजेल समुदायलाई पछि पारिएको गुनासो गरे ।
महिला अधिकारकर्मी चमेली परियारले पछाडि परेको क्षेत्र र समुदायलाई अघि ल्याउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा आदिवासी जनजाति महासंघ तनहुँका अध्यक्ष बसुन्धरा र्घर्ती भुजेल, भुजेल समाज सेवा समिति कोषाध्यक्ष भीम भुजेल लगायत बोलेका थिए ।
सो कार्यक्रमलाई फोष्टन युके नेपलीज सोसाइटी अध्यक्ष चन्द्रबहादुर गुरुङ र तमु समाज अष्ट्रेलियाका अध्यक्ष प्रेमकाजी गुरुङले विशेष सहयोग गरेको बताइएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष रेशम भुजेलको अध्यक्षतामा भएको कार्यक्रम गुरुङ कला साहित्य परिषद्का महासचिव कृष्णकुमार गुरुङले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९