पोखरा, २४ फागुन। पिस जोन एकेडेमी, सिमलचौरको १४ औं वाषिर्कोत्सव, अभिभावक दिवस, सम्मान तथा पुरस्कार वितरण समारोह बुधबार सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय नारी दिवसकै दिन भएको उक्त समारोहमा विद्यालयले नारी पात्रलाई महत्व दिँदै वरिष्ठ हास्यकलाकार बसुन्धरा भुषाल, शिक्षाविद् डा एलियाम्मा जोन लगायतलाई सम्मान गरेको छ ।
यस्तै, विद्यालय शिक्षक प्रभा गोदार, ममता गुरुङ र कर्मचारी उषा रानामगरलाई जनही १५ हजार रुपैयाँ सहित दीघ सेवा पदकसहित सम्मान गरियो । खेल क्षेत्रबाट वरिष्ठ फुटबल प्रशिक्षक शम्भु केसीलाई नगद १५ हजार रुपैयाँ सहित सम्मान गरिएको थियो ।
पोखरा सभागृहमा भएको उक्त समारोहमा विश्वनाथ बराल स्मृति छात्रवृत्तिबाट अक्षयकोष संरक्षक खीमकुमारी बरालको उपस्थितिमा नमूना चापागाईंलाई १५ हजार रुपैयाँसहित सम्मान गरियो । गत वर्षको एसर्इइ परीक्षामा विद्यालयमै उत्कृष्ट (३.७५ जिपिए) हासिल गरेकी उनलाई विद्यालयतर्फबाट समेत सम्मान गरियो । यस्तै, वर्ष विद्यार्थीबाट कक्षा १० का सुमित केसी, पूर्व विद्यार्थी गौरव बराल, रेडियो सराङ्कोटका कार्यक्रम संयोजक सन्तोष पराजुलीलाई सम्मान गरिएको थियो।
कार्यक्रममा गत शैक्षिक सत्रमा एकेडेमिकतर्फ कक्षागत रुपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिनुको साथै कलाकार विद्यार्थीलाई प्रोत्साहन सम्मान गरिएको थियो।
सम्मानित व्यक्तित्व कलाकार भुषालले कलाकारितामा लाग्दा महिला भएको कारणले धेरै दुःख र संघर्ष व्यहोर्र्नुपरेको बताउँदै कुनै पनि काममा निरन्तर लाग्ने हो भने सफल हुन सकिने बताइन् । छ दशकदेखि कलाकारिता क्षेत्रमा जीवन व्यतित गरेकी उनले कलाकार र खेलाडीले देश चिनाउन मद्दत पुर्याएको बताइन् । पिसजोन एकेडेमी शैक्षिक क्षेत्रमा अब्बल स्कुल रहेकोमा खुशी व्यक्त गर्दै शैक्षिक प्रगतिको कामना गरिन् ।
शिक्षाविद् डा जोनले महिलालाई घरमै इज्जत दिनुपर्ने उल्लेख गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा विद्यार्थी, शिक्षक र अभिभावकको भूमिका महत्वपूर्ण हुने बताइन् । अभिभावक बलराम घिमिरेले विद्यार्थीको अनुशासन र आचरणमा सचेत हुनुपर्ने सुझाव दिए । फुटबल प्रशिक्षक केसीले पिसजोनले स्कुल लेवलको व्यावसायिक खेलको शुरुवात गरेको स्मरण गर्दै विद्यार्थीलाई शिक्षासँगै खेलकुदमा समेत जोड दिँदा स्वस्थ हुन सक्ने बताए।
विद्यालय संस्थापक एवं प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले विद्यालयले शैक्षिक गतिविधिसँगै नैतिक शिक्षा, खेलकुद, सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम गर्दै आएको जानकारी दिए । कार्यक्रममा प्राचार्य सुरेन्द्र शर्मा दाहालद्वारा लिखित कवितासंग्रह ‘प्रहार’ विमोचन गरिएको थियो। उक्त कृति प्रमुख अतिथि कलाकार भुषालले विमोचन गरेकी हुन् । गत वर्षसमेत सुरेन्द्रले विद्यालयको वाषिर्कोत्सव समारोहमै ‘मनको कुनामा’ कवितासंग्रह ल्याएका थिए । प्रहारमा ४२ वटा कविता समेटिएको स्रष्टाले जानकारी दिए ।
उक्त अवसरमा विद्यार्थीले प्रस्तुत गरेको नारी दिवसको सर्न्दर्भविषयक नाटक, १० गीत, ६ नृत्य एवं विविध कार्यक्रमले उपस्थित अभिभावक मन्त्रमुग्ध बनेका थिए । नृत्य कोरियाग्राफी इश्वरी रानाले गरेकी थिइन्।
कार्यक्रममा स्वागत संस्थापक अमिता शर्माले गरेकी थिइन् भने सञ्चालन प्राचार्य सुरेन्द्र शर्मा दाहाल, सहप्रशासक राजु भण्डारी, मावि शिक्षक अश्मी शर्माले संयुक्त रुपमा गरेका थिए । यस्तै, चेतनारायण भुषाल र विद्यार्थी श्रेया भारतीले समेत शुभकामना मन्तव्य राखेका थिए। नसर्रीदेखि कक्षा १० सम्म पढाइ हुने पिस जोनमा विद्यार्थी ५ सय २० जना छन भने कर्मचारी र शिक्षक गरी ५४ जना रहेको सहप्रशासक राजु भण्डारीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना
लायन्स डेस्टिनेसनमा सन्तोष
वाद्यवादन सामग्री विरतण
६८ युनिट रगत संकलन
अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९