हेमजा, २४ फागुन।रिजनल कलेज अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी पोखरा-९, नयाँबजारको आयोजना तथा रिजनल हस्पिटल प्रालिको प्राविधिक सहयोगमा बुधबार कास्कीको अन्नपूर्ण गाउँपालिका ३ स्थित धारापानी माध्यमिक विद्यालयमा परजीवी परीक्षण शिविर सम्पन्न भएको छ।
शिविरमा ६० जना विद्यार्थीको परजीवी परीक्षण गरिएको थियो।जसमध्ये ७ जनामा परजीवीको जिवाणु भेटिएको बताइएको छ।
शिविरमा डा मनोज कोइराला, वरिष्ठ माइक्रोवायोलोजिष्ट कृष्ण गुरुङ, वरिष्ठ ल्याब टेक्निसियन सूर्यबहादुर रानाको समूहले परीक्षण गरेका थिए।त्यस्तै प्रशिक्षक शर्मिला पौडेलले जनस्वास्थ्य सम्बन्धमा सचेतना कक्षा दिएकी थिइन् । सो अवसरमा निःशुल्क रुपमा जुकाको औषधी समेत वितरण गरियो । रिजनल कलेज अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजीका कार्यक्रम निर्देशक चन्द्रकान्त पौडेलले कार्यक्रम उद्देश्यमाथि प्रकाश पारेका थिए भने वरिष्ठ माइक्रोवायोलोजिष्ट कृष्ण गुरुङले धन्यवाद ज्ञापन गरेका थिए । विद्यालय प्रधानाध्यापक महेन्द्रबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ ल्याव टेक्निसियन सूर्यबहादुर रानाले परजीवी परीक्षणको नतिजाबारे बताएका थिए।
Related News
सम्बन्धित समाचार
वाइयुके सुपरमार्केट तीजगीत
राधाकृष्ण गुरुकुल विद्यालयको भवन उद्घाटन
शिवटोल विकासमा नयाँ कार्यसमिति
कास्की मोडनाइज्डमा अभिमुखीकरण
मिडिया फुटसल प्रतियोगिता हुने
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९