काठमाडौं, २२ फागुन : संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रपतिका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ।
नेपालको संविधान कार्यान्वयन गर्ने सर्न्दर्भमा सविधानसभा र राष्ट्रियसभाको निर्वाचनपछि यही फागुन २९ गते मंगलबार राष्ट्रपतिको निर्वाचन हुन लागेको हो। सो निर्वाचनका लागि मतदानको समय बिहान १० बजेदेखि अपराहृन ३ बजेसम्म तोकिएको छ।
राष्ट्रपति निर्वाचनका लागि बुधबार १० बजेदेखि अपराहृन २ बजेसम्म उम्मेदवारी दर्ता कार्यक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।
निर्वाचन कार्यक्रम अनुसार फागुन २४ गते बिहीबार साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
उक्त निर्वाचनको सिलसिलामा निर्वाचन आयोगले मतदाता नामावलीको अन्तिम सूची मंगलबार सार्वजनिक गरेको छ।
आयोगका प्रवक्ता ढकालका अनुसार राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्य गरी ८ सय ८० जना मतदाता कायम रहेका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनित तीन जना र प्रदेश सभा सदस्य राजीव गुरुङको नाम भने मतदाता नामावलीमा समावेश छैन।
उक्त निर्वाचनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मतदान केन्द्र कायम गरिएको छ। संघीय नेपालको तेस्रो राष्ट्रपतिका लागि हुने निर्वाचनमा हालसम्म कुनै राजनीतिक दलले औपचारिकरुपमा उम्मेदवारको घोषणा गरिसकेका छैनन्। गणतन्त्र घोषणापछि पहिलो राष्ट्रपति डा रामवरण यादवले आफ्नो भूमिका निर्वाह गरिससकेका छन् भने दोस्रो राष्ट्रपतिको रुपमा विद्यादेवी भण्डारी हाल कार्यरत छिन्।
वाग गठबन्धनको भागवमा एमालेलाई परेको राष्ट्रपति पदका लागि उम्मेदवार छनोट गर्न मंगलबार रातिसम्म एमाले कमिटी बैठक बसेको छ। बैठकमा भण्डारीलाई नै दोहोर्याउने वा एमाले नेता झलनाथ खनाललाई उम्मेदवार बनाउने भन्नेबारे टुंगा लागेको छैन।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार : सुरेन्द्रराज पाण्डे
वन क्याम्पसमा समीर
गण्डकीका मुख्यमन्त्री अधिकारीलाई थप २ मन्त्रालयको कार्यभार
वेटिङ मुख्यमन्त्री पाण्डे भन्छन् : अल्पमतमा परेको सरकार बाहिरिएकै जाती
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९