पोखरा, २२ फागुन। प्रदेश ४ आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले यातायात व्यवस्था कार्यालय पोखरामा विचौलियाको प्रवेशलाई रोक्न निर्देशन दिएका छन्।
यातायात व्यवस्था विभागको सवारी कार्यालय पृथ्वीचोकको मंगलबार अनुगमन तथा निरीक्षणक्रममा मन्त्री चुमानले यस्तो निर्देशन दिएका हुन्।
सेवाग्राहीलाई सरल तरिकाले सेवा प्रदान गर्न कार्यालयमा स्थापना गरिएको सहायता कक्षलाई बढी प्रभावकारी बनाउनुपर्ने बताउँदै मन्त्री चुमानले कर्मचारी संयन्त्रबाटै सेवाग्राहीलाई सबै सेवा प्रदान गर्न निर्देशन दिए।
सर्वसाधारणले बेलैमा सेवा पाउन कर्मचारी संयन्त्र चुस्त राख्नुहोस्, यातायात व्यवस्था कार्यालयले जिम्मेवारपूर्वक काम गरेको छ भन्ने अवस्थाको सृजना गर्नुहोस्’ मन्त्री चुमानले भने। प्रदेशले के कस्ता कुरामा सुधार ल्याउँदा प्रदेशको आर्थिक श्रोतलाई बढाउन सकिन्छ त्यसको खाका ल्याउन उनले कर्मचारीलाई आग्रह गरे।
‘देश बदल्ने आन्दोलनमा ज्यान गुमाउनेको संख्याभन्दा दिनहुँजसो हुने सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बढी हुने गरेको छ’-उनले भने, ‘२० वर्षे पुराना गाडीलाई विस्थापित र सडकको स्तरोन्नति गर्न सके दुर्घटनामा कमी ल्याउन सकिन्छ, यसतर्फ कर्डाईका साथ लाग्नुहोस्।’
नेपालमा नयाँ गाडी भित्र्याउँदा व्यवसायीले आधुनिक मोडलका गाडीभन्दा पुरानो मोडलका गाडी भित्र्याउने गरेको भन्दै यस्लाई नियन्त्रण गर्न मन्त्री चुमानले निर्देशन दिए।
प्रदेशले राजस्व संकलन हुने कार्यालयमा जनताले सहज रुपमा राजस्व कसरी तिर्न सक्छन् भन्ने विषयमा खाका ल्याउन पनि कर्मचारीलाई आग्रह गरेका छन्।
पुरानो संरचना अनुसार काम गर्दा समस्या आउन सक्नेतर्फ सचेत गराउँदै उनले यातायातसम्बन्धी प्रादेशिक कानून बनाउँदा राष्ट्र र जनताको हितमा हुने गरी सुझाव दिन कर्मचारीलाई आग्रह गरे। यसअघि यातायात कार्यालय पृथ्वीचोकका प्रमुख अच्युतराज रेग्मीले कार्यालयको गतिविधिबारे जानकारी गराए।
Related News
सम्बन्धित समाचार
मधेसमा ‘बोक्सी हुन्न’ अभियान
भगिनी सम्बन्धको दुरुपयोग
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९