पोखरा, २२ फागुन । चौतर्फी छरिएर रहेका निर्माण व्यवसायीलाई एकीकृत गर्ने उद्देश्यले स्थापित माछापुच्छ्रे निर्माण समिति उद्घाटन गरिएको छ ।
पोखरा लेखनाथ महानगरपालीका २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले समितिका अध्यक्ष धर्मराज बिकलाई बेल्चा र सावेल हस्तान्तरण गरी संस्था उद्घाटन गरेका हुन् ।
भौतिक संरचना निर्माणमा संलग्न व्यवसायीको एकीकृत समितिले गुणस्तरीय निर्माणमा कुनै पनि सम्झौता नगर्ने उद्घोष समेत गरेको छ।
वडाध्यक्ष शोभाखर तिमिल्सिनाले समितिले गुणस्तरीय र आधुनिक डिजाईनमा उत्कृष्ट काम गर्ने विश्वास व्यक्त गरे। उनले माछापुच्छ्रे समितिका सदस्यको रोहवरमा बन्ने भवन भूकम्प प्रतिरोधात्मक हुने विश्वास गर्दै तालिमप्राप्त मिस्त्री र कालिगढहरु प्रयोग गर्न सुझाव दिए।
वडा २५ का सचिव इश्वरी बास्तोलाले बिल्डिङ कोड लागू गरिएको अवस्थामा सबै सचेत भएर निर्माण कार्य गर्न आग्रह गरे। उनले देशमा २०७२ सालमा गएको भूकम्पका कारण धेरै क्षति भएकाले अब यो समितिले त्यस्तो भूकम्पले पनि हल्लाउन नसक्ने भौतिक संरचना बनाउनु पर्नेमा जोड दिए।
सामुदायिक प्रहरी सेवा केन्द्र हेमजाकी अध्यक्ष विष्णु बास्तोलाले यो समिति निर्माण भएसँगै हेमजामा परिवर्तन आउने विश्वास व्यक्त गरे। निर्माण संरचना जीवनकै महत्वपूर्ण हुने भएकाले अब पोखरा र आसपासको क्षेत्रमा माछापुच्छ्रे निर्माण समितिले मजबुत र भूकम्प प्रतिरोधी आधुनिक डिजाइनमा विकास गर्ने अपेक्षा व्यक्त गरे।
काँग्रेस पोखरा लेखनाथ २५ का संयोजक मधुसुदन त्रिपाठीले समिति भनेको समूह भएकाले काम र आर्थिक कारोबारमा पारदर्शी हुनुपर्नेमा जोड दिए। समूहमा काम गर्न सहज हुने र छिटो छरितो पनि हुने बताउँदै उनले पारदर्शिताको अभावमा समिति फुट्ने गरेकाले बेलैमा बिचार गर्न पनि आग्रह गरे।
हेमजा मिनिमार्केटका संचालक शिवलाल पौडेलले यस्तो समिति हेमजामा आवश्यक थियो र बनेकोमा खुशी व्यक्त गरे। समितिमा लागेका सबै सदस्यले अब समितिको इज्जत जोगाउन राम्रो र उत्कृष्ट भौतिक संरचना निर्माणमा लाग्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा हास्यकलाकार दिवाकार भण्डारी र लक्ष्मण ढुंगानाले हास्य प्रहसन गरेका थिए भने धमेन्द्र पौडेलको शितल कलाकेन्द्रका कलाकारको समूहले नृत्य समेत प्रस्तुत गरका थिए।
लोक तथा दोहोरीगायिका तुलसा जिसी लगायत दोहोरी कलाकार समेत सांगीतिक प्रस्तुति रहेको थियो।
कार्यक्रमका अध्यक्ष धर्मराज बिकले गुणस्तरीय निर्माणमा सम्झौता नगर्ने उद्घोष गरे।
कार्यक्रम सफल पार्न आर्थिक सहयोग गर्ने महानुभाव तथा पदाधिकारी र सदस्यलाई समेत सम्मान गरिएको थियो।
समितिका उपाध्यक्ष झपटबहादुर बिकले स्वागत गरेको कार्यक्रम सञ्चालन रेडियो हेमजाका स्टेशन म्यानेजर परशुराम अधिकारीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९