पोखरा, २२ फागुन । पोखराको इञ्जिनियरिङ कलेजले फागुन २४ र २५ गते ‘इञ्जिनियरिङ्ग एक्स्पो’ गर्ने भएको छ।
कलेजमा अध्ययनरत विद्यार्थीका प्रोजेक्ट सार्वजनिक गरिने छ। विद्यार्थीका सृजनालाई सार्वजनिक गरी थप हौसला प्रदान गर्ने र विकास गरिएका प्रविधिको व्यावसायिक उपयोगिताको प्रवर्द्वन गर्न उद्देश्यले एक्स्पो गर्न लागिएको हो ।
कलेजले मङ्गलबार पत्रकार सम्मेलन गरी एक्स्पो तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
एक्स्पोमा विद्यार्थीद्वारा निर्मित ट्राफिक लाइट कन्ट्रोलर, इजि इनर्जी, पेक एप, मेरो सवारी, रेन वाटर मोडल, सेयर टि्रप लगायत ४० भन्दा बढि सृजनाहरु प्रदर्शन गरिनेछ।
कलेजले वर्षेनी वा हरेक २ वर्षमा एक्स्पो गर्दै आएको प्रिन्सिपल लेखबहादुर गुरुङले जानकारी दिए।
‘यो एक्स्पो सबैका लागि उपयोगी छ’, प्रिन्सिपल गुरुङले भने-‘सहभागिताका लागि सबैलाई अनुरोध गर्दछौं।’ सो कलेजका विद्यार्थी मानवयन्त्र र भोटिङ यन्त्र निर्माण गरिसकेका छन्।
पत्रकार सम्मेलनमा कलेजका प्रशासन प्रमुख चिनकाजी गुरुङ र रिर्र्सच एण्ड डेभलप्मेन्ट प्रमुख सरोज गिरीले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९