पोखरा, २२ फागुन : रेन्बो चिल्ड्रेन होम नेपाल पोखराले बाराको महागडीमाई नगरपालिका वडा ३ र ४ का डुम तथा चमार बस्तीमा खाद्यान्न तथा कपडा वितरण गरेको छ।
खाद्यान्न, लत्ताकपडा सहित पोखराबाट गएको टोलीले सो स्थानका ७५ घरका ३ सय ५० जना परिवारलाई ३ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको सामाग्री वितरण गरिएको रेन्बो चिल्ड्रेन होम नेपालका निर्देशक गोमा ढकालले जानकारी दिइन्।
उनका अनुसार उक्त बस्तीका प्रतिपरिवार ३० केजी चामल, २ केजी केराउ, २ केजी चना, १ लिटर खानेतेल, १ केजी नून सहित महिला, पुरुष र बच्चाका लागि कपडा वितरण गरिएको हो।
कार्यक्रममा महागडीमाई नगरपालिकाका उपमेयर तारादेवी कानुले खाद्यान्न तथा लत्ता कपडा वितरण गर्दै पिछडिएका वर्गको उत्थानका लागि रोजगारी सिर्जना गरि उनीहरुलाई आत्मनिर्भर बनाउनेर्तर्फ नगरपालिकाले तयारी गरिरहेको बताइन् ।
बारा मेडिकल कलेजकी डा लक्ष्मी थापाले स्वास्थ्य सेवामा पहुँच नपुगेका समाजका विपन्न वर्गका परिवारका लागि निःशुल्क स्वास्थ्य शिविरमार्फत सुविधा पुर्याउन आवश्यक रहेको उल्लेख गरे।
२०६५ सालमा स्थापना भई सञ्चालनमा आएको रेन्बो चिल्ड्रेन होम नेपाल समाजका असहाय एवम् विपन्न बालबालिकाको क्षेत्रमा क्रियाशील छ । यसअघि मुलुकका विभिन्न जिल्लाका १४ स्थानका विपन्न बस्तीमा खाद्यान्न, लत्ता कपडा, शैक्षिक सामाग्री वितरण गरिसकेको निर्देशक ढकालले बताइन्।
संस्थाले सञ्चालन गरेको चिल्ड्रेन होममा हाल ४२ जना आवासीयरुपमा र ४६ जनालाई घरघरमा मासिकरुपमा २ हजार ५ सयदेखि ६ हजार रुपैयाँसम्म पठनपाठनमा सहयोग पुर्याउँदै आएको संस्थाका सहसंयोजक खेम लामिछानेले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
कालीगण्डकी दोहन रोक्न साझा पहल
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
hero news full width
मुख्य समाचार
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९