पोखरा, २२ फागुन । पीएनसी अलम्नाई, पृथ्वीनारायण क्याम्पसले आयोजना गरेको रक्तदान कार्यक्रममा ८८ युनिट रगत संकलन भएको छ। पीएनसी अलम्नाई पृथ्वीनारायण क्याम्पसका पूर्व विद्यार्थीको एक गैरराजनैतिक संगठन हो।
रक्तदान कार्यक्रम सो संगठनका सभापति विनोद पराजुलीको अध्यक्षतामा क्याम्पस प्रमुख प्राडा चन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
क्याम्पस प्रमुख थापाले रक्तदातालाई ब्लड व्याग प्रदान गरी उद्घाटन गरिएको थियो। सो संगठनका सह-सचिव तथा रक्तदान कार्यक्रमका संयोजक उमेश सारू मगर पहिलो रक्तदाता थिए ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले रक्तदान कार्यक्रले यस क्याम्पसमा भएका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीलाई सहयोगको भावना अभिवृद्धि गर्नमा टेवा दिनेछ भने। पीएनसी अलम्नाईका सभापति पराजुलीले संगठनको पहिलो कार्यक्रम भएको जानकारी दिदै क्याम्पसको भौतिक, शैक्षिक तथा अन्य गतिविधिहरूमा संगठनले सक्दो सहयोग गर्ने विचार व्यक्त गरे।
कार्यक्रममा सहायक क्याम्पस प्रमुख उपेन्द्र पौडेल, बसन्त पराजुली र महेन्द्र आलेका साथै प्राध्यापक डा यादवप्रसाद गौडेल, डा ज्ञानबहादुर कार्की, डा पुष्पराज शर्मा र डा मीन पुनको उपस्थिति थियो।
संगठनका सह-सचिव तथा रक्तदान कार्यक्रमका संयोजक सारू मगरका अनुसार आगामी कार्यक्रम अको महिनाको ३ गते क्याम्पसभित्र रहेको पुस्तकालय वरीपरी सरसफाईका साथै बगैचा बनाउने योजना रहेको छ । कार्यक्रमको सञ्चालन संगठनका कोषाध्यक्ष अन्जनी गुरूङले गरेकी थिइन् ।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९