पोखरा, २२ फागुन । हस्पिटालिटी नेपाल कन्टेस्ट सिजन-२ को उपाधि कविता पौडेलले जितेकी छन् ।
यहाँको पाँचतारे होटल पोखरा ग्राण्डमा भएको उक्त प्रतियोगितामा पोखरा बिरौटा निवासी पौडेलले उपाधिसहित २५ हजार रुपैयाँ र दुर्वई भ्रमणको अवसर पाएकी छन् । २५ प्रतिष्पर्धीलाई पछि पारेकी उनी नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा बीएचएम दोश्रो वर्षकी छात्रा हुन् ।
हस्पिटालिटी क्षेत्रमा सेवारत युवायुवती दुवै भाग लिन पाउने सो प्रतियोगितामा २१ वषीय विश्वदीप थापाले मोस्ट ट्यालेण्टेड उपाधि सहित फर्स्र्ट रनरअप बने । उनी पोखरा लिंकन कलेजका बिएचएम तेस्रो वर्षका विद्यार्थी हुन् ।
त्यस्तै, बुटवलकी १९ वर्षे रुवि रानामगर सेकेण्ड रनरअप हुँदा पोखराका २० वषीय उज्वल बहादुर कार्की थर्ड रनरअप भए ।
न्यू ग्यालेक्सी स्कुलका नुर पुन भियुअसर् च्वाईस र पोखरा लिंकन कलेजका उज्ज्वलकुमार श्रेष्ठ पब्लिक च्वाईस बने । उपविजेताले सिक्किम भ्रमणका साथै विभिन्न अवसर प्राप्त गर्ने आयोजक एपी इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले बताए ।
Related News
सम्बन्धित समाचार
पोखरा वडा १२ मा पाठेघर र स्तन क्यान्सर परीक्षण
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
hero news full width
मुख्य समाचार
आखिर किन लगाए उनीहरुले आफ्नै शरीरमा आगो
उपाध्यक्षमा नियुक्त डा. गिरधारिलाई आफैले तय गरेका लक्ष्य भेट्ने चुनाैती
माघ १६, २०७९आज सहिद दिवस
माघ १६, २०७९गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
माघ १५, २०७९कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९