महिला दिवसमा जननी अवार्ड तथा सांस्कृतिक कार्यक्रम

आदर्श समाज सम्वाददाता
फागुन २३, २०७४
janani award

पोखरा, २२ फागुन। १०८ औं अन्तर्राष्ट्रिय महिला दिवस सर्न्दर्भमा बिहीबार रेडियो जननीले चौथो जननी अवार्ड तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

रेडियोको चौथो वाषिर्कोत्सव अवसरमा हुने सो कार्यक्रममा विभिन्न क्षेत्रका महिला तथा महिला समूहलाई सम्मान तथा ख्यात्रि्राप्त कलाकारका प्रस्तुतिकरण रहने रेडियोले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

हरेक वषझै यस वर्ष भने विशेष कार्यक्रमको रुपमा रेडियो जननी आमा सम्मान कार्यक्रम २०७४ पनि आयोजना गरिएको रेडियोका अध्यक्ष मिलन थापाले जानकारी दिइन्।

कार्यक्रममा स्थानीय र राष्ट्रियस्तरमा ख्याति कमाएका कलाकारका आमालाई सम्मान सहित सांगीतिक प्रस्तुतिकरण रहनेछ।

कार्यक्रमबीच कर्णास, रामभक्त जोजिजु, विनोद बानियाँ लगायतका कलाकारको प्रस्तुति सहित  प्राज्ञ एवं लोकगायिका हरिदेवी कोइराला, गायिका इतु जोजिजु लगायत १५ जना सुगम संगीतका कलाकारको प्रस्तुति रहने जनाइयो ।

‘आफ्ना सन्ततिको उन्नति प्रगतिका लागि लालनपालन, प्रेरणा, मार्गर्दर्शन र सहीबाटो देखाउन मुख्यरुपमा हरेक आमाको अतुलनीय भूमिका रहेको हुन्छ। त्यसैले हरेक आमाको सम्मानस्वरुप प्रतिनिधिमूलक रुपमा कलाकारका आमालाई सम्मान गर्न लागिएको हो। रेडियोका स्टेशन म्यानेजर एवं कार्यक्रम ब्यवस्थापन संयोजक विमला भण्डारीले भनिन् ।

त्यसैगरी, महानगरका ३३ वटै वडाका क्रियाशील आमा समूह तथा महिला समूहमध्ये उत्कृष्ट ३ वटा समूहलाई जननी अवार्ड २०७४ बाट सम्मान गरिने छ।

यस्तै, सामुदायिक तथा राष्ट्रिय रुपमा उत्कृष्ट योगदान पुžयाएका ११ जना महिलालाई जननी सम्मान २०७४ प्रदान गरिने छ।

उद्यमलिशतामा लागि उद्योग सञ्चालन गरेका महिलालाई प्रोत्साहन स्वरुप पद्मावती अवार्ड समेत प्रदान गरिने संस्थापक अध्यक्ष हीरा भट्टराईले बताइन्।

कार्यक्रम सम्पन्न गर्नका लागि रेडियो जननीका कार्यकारी निर्देशक सविता शेरचनको संयोजकत्वमा १४ सदस्यीय जननी वाषिर्कोत्सव तथा अवार्ड मूल समारोह समिति गठन गरिएको रेडियोका संस्थापक लक्ष्मी पाण्डेले बताइन् ।

पोखरा उद्योग वाणिज्य संघको हलमा हुने उक्त कार्यक्रममा उद्यमशीलताका विविध विषय समेटिएको चौथो जननी उद्यमी आवाज स्मारिका-२०७४ समेत विमोचन गरिनेछ ।

Related News

सम्बन्धित समाचार

  • पर्वतीय संग्रहालयमा फोटो प्रदर्शन

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अबदेखि फरकफरक भूगोलका एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरीले लामो समय लगाएर खिचेको…
  • सरकारको आलोचनामात्र गर्नु गलत : मन्त्री सिंखडा

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संघसंस्थासँग छलफल तथा अन्तरक्रिया गरेको छ…
  • अनुगमनमा ३ पसललाई कारबाही

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    लमजुङ । जिल्ला सदरमुकाम बेंशीसहरमा मापदण्डविपरीत सञ्चालित ३ पसल कारबाहीमा परेका छन् । जिल्ला अनुगमन समितिले २ किराना र १…
  • भूपू सैनिक सहकारीको सभा

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    हेमजा । पोखरा २५, हेमजास्थित भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भयो ।…
  • लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    लेखनाथ । लेखनाथ कुटानी पिसानी व्यवसायी समितिको अध्यक्ष विष्णुप्रसाद लमिछाने चयन भएका छन् । संस्थाको बुधबार सम्पन्न १०औं साधारण सभा…

hero news full width