पोखरा, २२ फागुन । पोखरा इञ्जिनियरिङ्ग कलेज पोखरा-८, फिर्केका ४ जना विद्यार्थीले मिष्टर स्क्यान (एन्ड्रोइड एप) को विकास गरेका छन्।
विद्यार्थी बाबुराम नेपाली, कृष्ण श्रेष्ठ, सुदीप भण्डारी र र्सूय पौडेलले एक वर्षको सामूहिक प्रयासपछि त्यस्तो एपको विकास गरेका हुन्।
कुनै पनि संस्थाको परिचयपत्र दुरुपयोग हुनबाट रोक्नका लागि यो प्रविधि विकास गरेको उनीहरुको भनाइ छ।
‘यो एपमात्र नभएर यससँग जोडिएका सबैखाले प्लेटर्फम, सफ्टवयर र क्लाउड प्रविधि समेत विकास गरिएको छ, प्रोजेक्ट म्यानेजर बाबुराम नेपालीले भने-‘जसले गर्दा यो एपलाई सजिलैसँग प्रयोगमा ल्याउन सकिन्छ।
यो प्रविधि बस व्यवसाय समिति, परिचयपत्रका आधारमा सहुलियत दिइने संस्था र भोटिङमा प्रयोग गरिने कार्डहरुका लागि उपयोगी रहेको छ।
यसमा प्रयोग गरिएको क्यूआर प्रविधि पछिल्लो समय सूचना तथा प्रविधिको क्षेत्रमा अत्याधुनिक मानिन्छ ।
यो प्रविधि प्रयोग गर्नका लागि कार्ड बनाउन सफ्टवयर आवश्यक पर्ने हुन्छ। यो सफ्टवयरबाट कार्ड बनाइसकेपछि सबै कार्डमा स्वतः क्यूआर कोड प्रिन्ट हुनेछ, जुन कोडलाई प्रयोग गरेर मिष्टर स्क्यान एपले कार्ड सक्कली, नक्कली वा कार्डको म्याद अवधिबारे जानकारी दिने छ।
यो सफ्टवयरबाट बनाइएको कार्ड स्वयं पोखरा इञ्जिनियरिङ कलेज सहित विन्ध्यवासिनी मावि बाटुलेचौर र नोवल माविले प्रयोगमा ल्याइसकेका छन्।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना फेरि सुरु
पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९