पोखरा, २२ फागुन। पोखरा लेखनाथ महानगरपालिका र मातृशिशु अस्पताल बाटुलेचौरको संयुक्त आयोजनामा अस्पतालमा महिलाको पाठेघर खस्ने समस्याको निःशुल्क शल्यक्रिया शिविर जारी छ । ३ दिनसम्म चल्ने शिविरमा करिब ४० जना महिलाको सफल शल्यक्रिया गर्ने लक्ष्य रहेको जनाइएको छ ।
सोमबार कार्यक्रममा शुभारम्भमा पोखरा लेखनाथ महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले नेपालका करिब एकतिहाई महिलामा यो समस्या रहेको जनाउँदै अज्ञानता र लाज मान्ने प्रवृतिको अन्त्य गर्न सके महिलाको स्वास्थ्य अवस्था तुलनात्मक रुपमा सुधार हुने बताइन्।
स्वास्थ्यलाई आधारभूत आवाश्यकताका रुपमा हरेक नागरिकको पहुँचमा पुयाउनु राज्यको दायित्व रहेको भन्दै उनले स्वास्थ्यको नीति निर्माण गर्ने क्रममा एक वडा एक स्वास्थ्य चौकीलाई प्राथमिकता दिनुपर्ने बताइन्।
वडा १६ का वडा अध्यक्ष जीवन आचार्यले प्रदेश ४ एकमात्र मातृशिशु अस्पतालको स्तरउन्नतिमा जोड दिए। ग्रामिण क्षेत्रमा रहेका अलिक उमेर ढल्किसकेका कयौन आमाहरु पाठेघर खस्ने समस्याले ग्रसित बनेको उल्लेख गरेका उनले नियमित स्वास्थ्य परिक्षणमा समेत जोड दिए।
पोखरा लेखनाथ महानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले महिलामा आङ् खस्ने रोग दिनदिनै बढिरहेको भन्दै यससम्बन्धी सचेतना फैलाउनु पर्ने आवाश्यकतामा औल्याए।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रेमराज पंगेनीले ३ दिनसम्म सञ्चालन गरिने शिविरमा सहभागी भएर लाभ लिन सेवाग्राहीलाई आग्रह गरे। यस्ता प्रकारका सचेतनामूलक शिविरलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्नेमा समेत उनले जोड दिए।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शालिकराम भट्टराईले अस्पतालले प्रदान गर्ने सेवा सुविधा प्रचार र प्राथमिकताको अभावका कारण ओझेलमा परेको भन्दै चिन्ता व्यक्त गरे। उनले यसलाई थप व्यवस्थित रुपमा सञ्चालन गरिए पनि सेवाग्राहीको चाप सोही अनुसारको हुन नसकेको उनले जनाएका छन्।नर्सिङ अधिकृत कविता पौडेलले कार्यक्रम प्रभावकारी हुने बताइन्। महिलामा आङ् खस्ने रोगका कारण ज्यान नगए पनि संक्रमणको उच्च जोखिम हुने भएकाले समयमा नै उपचार गर्नुपर्ने उनले सुझाव दिइन्।
पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिठानबाट समेत विशेषज्ञ चिकित्सकको टोली शिविरमा सहभागी छन्।
Related News
सम्बन्धित समाचार
पोखरामा सामुदायिक थियटरको माग
प्रहरी कार्यालयको भवन शिलान्यास
अमरसिंहको ६७ औं वार्षिकोत्सव
सेनाले गर्यो बम डिस्पोज
तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९