विजयपुर दुर्घटनामा दुर्इ प्रहरीको मृत्यु

आदर्श समाज सम्वाददाता
फागुन २२, २०७४

पोखरा, २१ फागुन ।पोखरा लेखनाथ महानगरपालिका २६ बिजयपुरमा सवारी दुर्घटना परी दुर्इ जना प्रहरीको जवानको मृत्यु भएको छ ।

आइतबार राति १०:०५ बजे बागलुङ-काठमाडौं चल्ने संयुक्त यातायातको बा ४ ख ५७५८ नम्बरको रात्री बसले ग ११ प ३६४५ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिदाँ वडा प्रहरी कार्यालय बैदाममा कार्यरत दुर्इ प्रहरी जवानको मृत्यु भएको हो।

जिल्ला ट्राफिक कार्यालय, कास्कीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा रुपन्देही छिपागढ घर भएका ३० वर्षीय प्रदिपकुमार यादव र स्याङ्जा फेदीखोला २ गाउँपालिकाका २७ वर्षकै सुशील बानियाँको ज्यान गएको हो। यादव २०७३ जेठ २८ देखि वडा प्रहरी कार्यालय बैदाममा कार्यरत रहेको र बानियाँ २०७३ मंसिर ५ गते वैदाममा आएको कार्यालय प्रमुख डीएसपी नविन कार्कीले जानकारी दिए।

पोखरा लेखनाथको डाँडाकोनाक एरियामा चोरी केसमा एक पक्राउ परेकाले अरु पनि मुछेपछि कार्यालयबाट यादव र बस्नेत सादा पोशाकमा ड्युटीमा खटिएका थिए। डाँडाकोनाक क्षेत्र सर्च गरेर र्फकदै गर्दा विजयपुरमा त्यस्तो घटना भयो,’ डीएसपी कार्कीले भने।

दुर्घटनापछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पुर्‍याइएको घाइते प्रहरी जवानहरुलाई अस्पतालले पुग्ने बित्तिकै मृत घोषणा गरेको थियो। प्रत्यक्षदर्शीका अनुसार एकजनाको घटनास्थलमै ज्यान गईसकेको थियो भने अर्का एक जना पनि अस्पताल पुग्नेबित्तिकै मृत्यु भएको हो। ड्युटीकै क्रममा पोखरा आइरहेका जवानलाई काठमाडौंतर्फ जादैं गरेको ओभर स्पिडमा रहेको बसले विपरित दिशामा गएर मोटरसाइकललाई ठक्कर दिएको देखिएको प्रहरीले जनाएको छ।

बस र बसचालक पर्वतका डासु गिरीलाई डाँडाकोनाक प्रहरीले तुरुन्त नियन्त्रणमा लिएको कार्यालय प्रमुख डीएसपी गोविन्द पुरीले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width