महिला दिवसमा प्रजनन् स्वास्थ्य सम्मेलनको तयारी

आदर्श समाज सम्वाददाता
फागुन २२, २०७४
Mahila Diwas `1

पोखरा , २१ फागुन । १०८ औं अन्तराष्ट्रिय महिला दिवसको सर्न्दर्भमा महिला ससक्तिकरण नेपालको आयोजनामा पोखरामा अन्तराष्ट्रिय महिला स्वास्थ्य सम्मेलनको तयारी गरिएको छ। संस्थाले संयुक्त रुपमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।

महिला विकासको लागि सबैभन्दा पहिला उनीहरु शारिरीक र मानसिक रुपमा स्वस्थ रहनु पर्छ भन्ने मान्यतामा यो वर्ष महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राखिएको संयोजक तथा महिला ससक्तीकरण नेपालकी संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्रीले जानकारी दिइन्।

महिलाको स्वास्थ्यमा पनि प्रजनन स्वास्थ्यप्रति उचित चासो हुनुपर्ने कार्यक्रममा कार्कीले बताइन्। सोही अनूरुप उक्त स्वास्थ्य सम्मेलनमा महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी समस्यामध्येको एक महिनावारी संबन्धी समस्याबारे छलफल तथा सरोकारवालाहरुको प्रस्तुती रहनेछ।

उक्त सम्मेलनमा महिनवारी हुँदा बिद्यार्थी, शिक्षिका, कानूनव्यवसायी, स्वस्थ्यकर्मी र ट्रेकिङ गाइडले भोग्नुपर्ने समस्याबारे छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरिनेछ । उक्त कार्यपत्र प्रस्तुत गर्नका लागि संबन्धित विषयमा बिज्ञ व्यक्तित्वहरु झिकाइने  कार्कीले जानकारी दिइन्।

अमेरिकी संस्था ब्याक प्याकिङ फर बेटीको सहयोगमा उक्त सम्मेलन हुन लागेको हो। सो संस्थाका संस्थापक काराले भूकम्पपश्चात नेपाल भ्रमणमा मानव स्वास्थ्य केन्द्रीत बिषय जटिल अबस्थामा रहेका कारण सो क्षेत्रमा केही योगदान गर्नेर्र् इच्छा जागेको बताउँदै अन्तराष्ट्रिय महिला दिवसमा महिनावारी र महिलाको स्वास्थ्य बिषयक कार्यक्रममार्फत जनचेतना जगाउनका लागि सहकार्य गरेको बताइन्।

रेडियो जननी ९०.६ का स्टेशन म्यानेजर बिमला भण्डारीले यस बर्ष ‘आर्थिक शसक्तिकरण सहितको सामाजिक जागरण ग्रामीण तथा शहरी महिलाको जिवनस्तर रुपान्तरण’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइदै गर्दा महिलाको स्वास्थ्य केन्द्रीत बिषयसमेत संवेदनशील बिषय भएकोले यस्ता कार्यक्रमले सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्।

सम्मेलन आगामी फागुन २६ गते हुनेछ र पोखराका बिभिन्न बिद्यालयका ५० जना बिद्यार्थीसहित अन्य जिल्लाबाट समेत गरी सयभन्दा बढी बिद्यार्थी र सरोकारवालाको सहभागिता रहनेछ।

कार्यक्रममा “बेचिएकी” नामक बृतचित्र लगायत अन्य महिला हिंस्ाा बिरुद्धका जनचेतनामूलक प्रस्तुतीकरण रहने आयोजकले जनाएको छ।

उक्त कार्यक्रम पर्यटन ब्यबसायी महिला संघ र थ्रि सिस्टर एडभेन्चर ट्रेकिङको संयोजनमा सम्पन्न हुने महिला शसक्तिकरण समाज नेपालका अध्यक्ष डिक्की कार्कीले बताइन्। कार्यक्रमको मिडिया संयोजन रेडियो जननी ९०.६ ले गरेको छ।

Related News

सम्बन्धित समाचार

  • राइड सेयरिङविरुद्ध पोखराका यातायात व्यवसायीको आन्दोलन

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखराका यातायात व्यवसायी सातबुँदे मागसहित आन्दोलित भएका छन् । उनीहरुले बिहीबार सडकमा गाडी तेर्साएर सवारी आवागमन रोके ।…
  • खेलमा उत्कृष्ट नतिजा दिन मन्त्री थापाको आग्रह

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दुकुमार थापाले सीमित स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै उत्कृष्ट नतिजा निकाल्न आग्रह…
  • पोखरा ११ मा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा ११ नम्बर वडामा वृक्षरोपण गरिएको छ । सिद्धेश्वर टोल विकास संस्थाको सहकार्यमा बढ्दो जलवायु परिवर्तनको असर न्यूनीकरणका…
  • पोखरा आदर्शमा विद्यार्थी स्वागत

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुलमा कक्षा ११ का विद्यार्थीका निम्ति अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भयो । विद्यालयका सञ्चालक तथा…
  • न्यु ग्यालेक्सीमा नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०८१
    पोखरा । पोखरास्थित न्यु ग्यालेक्सी स्कुलले कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विज्ञान,…

hero news full width