पोखरा, २१ फागुन। लर्निङ हाउसले ‘एजुकेसन डे’ कार्यक्रमको आयोजना गर्न लागेको छ।
नेपालका लागि अमेरिकी दूतावास यूएस एम्बेसीको आयोजना र लर्निङ हाउसको सहकार्यमा फागुन २५ गते दरबारथोक व्याङक्वेटमा कार्यक्रम हुने सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो।
कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने लर्निङ हाउसका डाइरेक्टर नवाङ गुरुङले जानकारी दिए।
अमेरिकी वाणिज्य दूतावास भिसा सेक्सन प्रतिनिधि, रिपब्लिका सम्पादक सुभास घिमिरे, लर्निङ हाउस एक्जुक्यूटिभ डाइरेक्टर नवाङ गुरुङ र स्थानीय उद्यमी दोर्जे लामा कार्यक्रमका वक्ता रहनेछन्। कार्यक्रममा सहभागीलाई अमेरिकाको भिसा प्रोसेसिङ सम्बन्धी सम्पूर्ण जानकारी नेपालका लागि अमेरिकी दूतावासका प्रतिनिधि ग्रेस क्यारोलले प्रत्यक्ष प्रदान गर्ने अमेरिकन एम्बेसी प्रतिनिधि मिसेल विल्सले जानकारी दिइन्।
दरबारथोक व्याङ्क्वेटमा हुने कार्यक्रम विशेषगरी पोखरामा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरी अमेरिका अध्ययन गर्न जान चाहने र अध्ययन पश्चात्त अमेरिकाको ज्ञान सिपलाई नेपालको विकास विस्तारमा उपयोग गर्ने व्यक्तिहरुका निमित्त फलदायी हुने लर्निङ हाउसका डाइरेक्टर गुरुङले जानकारी दिए।
कार्यक्रममा स्कूल कलेज अध्ययन गरिरहेका विद्यार्थी एवम् अभिभावक, पत्रकार, प्राध्यापक, शिक्षक उपस्थित हुन पाउने गुरुङले बताए। कार्यक्रम उपस्थितिहरुलाई रिफ्ररेसमेन्टका लागि लिगेसी व्याण्डको प्रस्तुतिमा सांगीतिक कार्यक्रमसमेत हुने आयोजकले बताएको छ। कार्यक्रम सफल बनाउनको लागि मिडिया पार्टनरको रुपमा लेवल नेक्स्टले सहकार्य गर्नेछ।
Related News
सम्बन्धित समाचार
चन्द्रावतीका ‘शून्य छ जन्मेको घर बरिलै’ सार्वजनिक
तीज महत्वविषयक प्रशिक्षण
निस्सा वितरण
गाईजात्रा नाच प्रदर्शन
परोपकारी यात्रामा सिद्धि–सेतुली प्रतिष्ठान
hero news full width
मुख्य समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९