हेमजा, २१ फागुन । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ गत बिहीवारदेखि कास्कीको अन्नपूर्ण गाउँपालिका-८, वीरेठाँटीमा जारी फागुपूणिर्मा मेला सोमवारबाट सकिएको छ। मेला करिव २० हजार दर्शकले अवलोकन गरेको बताइएको छ।
वीरेठाँटी युवा परिवारको आयोजनामा भएको उक्त मेलामा सञ्चालित पुरुष भलिवलको उपाधी ताराखोला गाउँपालिका बाग्लुङको समूहले जित्दै नगद रु. एक लाख, एक सय, ११, साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्न सफल भएको छ।
त्यस्तै सो प्रतियोगितामा माछापुच्छे्र गाउँपालिका ९ को समूह द्वितीय हुदै नगद रु. ५० हजार पाँच सय ५० र अन्नपूर्ण गाउँपालिका ९ दाङसिङको समूह तृतीय हुँदै नगद रु. २० हजार दुर्इसय २० साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन्।
उक्त मेलामा महिला भलिवल प्रतियोगितासमेत सञ्चालन भएको थियो। जसमा रोधीँ क्लव घान्दु्रकको समूह प्रथम बनेर नगद रु. २१ हजार एक सय ११ र दाङसिङ क्लवको समूह दोस्रो भई नगद रु. ११ हजार एक सय ११ साथमा प्रमाणपत्र, शिल्ड र मेडल पुरस्कार पाएका छन।
प्रतियोगितामा बेष्ट प्लेयरको उपाधि ताराखोला गाउँपालिकाको समूहका सन्तोष बस्नेत तथा बेस्ट स्पाइकरमा ताराखोलाकै विष्णु खत्री भएको आयोजकले जनाएको छ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेलाका मुख्य प्रायोजक पूर्णकोले गुरुङले वीरेठाँटीमा हुने फागुपूणिर्मा मेलालाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनले धर्म, संस्कृतिको संरक्षण गर्नु सबैको दायित्व भएको जनाउँदैँ सस्कारले नै मानिसलाई सुसंस्कृतयुक्त बनाउने दावी गरे।
क्लवका प्रमुख सल्लाहकार देवेन्द्रकुमार शेरचनले मेलालाई आगामी वर्षहरुमा समेत निरन्तरता दिदै जानुपर्ने भएकाले त्यसको तयारीमा सम्पूर्ण वडावासीहरु बेलैमा सचेत बनी तत्परता देखाउनुपर्ने भनाइ राखे।
कार्यक्रममा अन्नपूर्ण गाउँपालिका वडा नं. ६ का अध्यक्ष चित्रबहादुर गुरुङ, वडा नं ८ का अध्यक्ष विजय गुरुङ लगायतले बोलेका थिए। उनीहरुले फागुपूणिर्मा मेलालाई पर्यटकीय महोत्सवको रुपमा विकास गरिनुपर्नेमा जोड दिदै गाउँपालिकाले एक वडा, एक खेलमैदान नीतिलाई अगाडि बढाएको पनि जानकारी दिए।
मेलाको मुख्य आकर्षणको रुपमा वडा स्तरीय पुरुष भलिवल, महिला भलिवल प्रतियोगिता, तारा खेल, क्यानोनिङ, कराँते तथा तेक्वान्डोको प्रदशनी गरिएको क्लवका प्रमुख सल्लाहकार देवेन्द्रकुमार शेरचनले बताएका छन्। क्लवका अध्यक्ष चक्रप्रसाद गौचनको ‘खगेन्द्र’ को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन स्थानीय विशाल गुरुङले गरेका थिए।
Related News
सम्बन्धित समाचार
रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड
विकसित राष्ट्र गणतन्त्रको कार्यभार : मुख्यमन्त्री पाण्डे
ढिकुरपोखरीस्थित महिला सञ्जालको क्षमता अभिवृद्धि तालिम
सहमति , सहकार्य र एकता, आवश्यक : प्रदेश प्रमुख गुरुङ
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
hero news full width
मुख्य समाचार
सांसदले बाँड्न पाउने गरी प्रति क्षेत्र ५ करोड विनियोजन
आगामी आवको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड
जेठ १५, २०८०गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
जेठ १५, २०८०स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
जेठ १५, २०८०गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०