पोखरा, २१ फागुन । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ७ साबिक लुम्ले गाविस वडा नं. २ तोमिजुङ गाँउ अब छिट्टै राष्ट्रिय सडक सञ्जालसंग जोडिने भएको छ। पोखरा-बागलुङ भूपि शेरचन राजमार्गको लुम्ले ढावा घुम्तीदेखि ढावा-लामखोरिया-तोमिजुङ ग्रामीण सडकको दोस्रो चरणको निर्माण कार्य शुरु भएपछि यो सम्भव भएको हो।
यसरी आफ्नै गाउँदेखि गाडी चढेरै पोखरा लगायत विभिन्न गन्तव्यहरुमा पुग्ने तोमिजुङबासीको वर्षौदेखिको अधुरो सपना अब छिट्टै पुरा हुने स्थानीयले बताएको छ।
आ.व. ०६७/०६८ मा पहिलोपटक निर्माण शुरु गरिएको झण्डै आठ किलोमिटर लामो उक्त ग्रामीण सडक पर्याप्त बजेट अभावका कारण हालसम्म स्थगित रहेको थियो। मुलुकमा झण्डै दुर्इ दशक लामो समयपछि गत जेठमा सम्पन्न स्थानीय निकायको निर्वाचन पश्चात् चालू आर्थिक वर्षमा अन्नपूर्ण गाउँपालिकाले पाँचलाख रुपैयाँ बजेट विनियोजन गरेपछि उक्त सडक निर्माणकार्यलाई पुनः अघि बढाइएको हो ।
गाउँपालिकाबाट सिमित रुपमा विनियोजित रकम अपुग हुने निश्चितप्राय भएकोले आन्तरिक स्रोत जुटाएर भएपनि यस पटक गाउँसम्मै मोटरबाटो पुर्याउने लक्ष्य राखेका छन्। तोमिजुङबासीले। तसर्थ, स्थानीय आमा समूहको तर्फबाट तोमिजुङ आमा समूहका अध्यक्ष श्रीमति चन्द्रकुमारी गुरुङले आफ्नो कोषमा बचत रहेको पाँच लाख रुपैयाँ खर्च गरेर भएपनि सडक निर्माण कार्यलाई पूर्णता दिने बिचार व्यक्त गरे।
यसरी नै झण्डै अलपत्र अवस्थामा रहेको उक्त ग्रामीण सडक निर्माण कार्य पुनः शुरु भएकोमा खुशी व्यक्त गर्दै गाउँकै सबैभन्दा ज्येष्ठ सदस्य ८९ वर्षीय डिलप्रसाद गुरुङले आफ्नो एक महिनाको पेन्सन बाटो निर्माणको लागि चन्दा सहयोग गर्न आफू तत्पर रहेको बताए। उनले अन्य गाउाबासीहरुलाई पनि सडक निर्माण कार्यमा गच्छेअनुसार सक्दो सहयोग गर्न आव्हानसमेत गरे।
उक्त ग्रामीण सडक निर्माणका लागि बुद्ध्रि्रसाद गुरुङ ‘सानो गोपाल’को अध्यक्षतामा ९ सदस्यीय ढावा-लामखोरिया-तोमिजुङ ग्रामीण सडक उपभोक्ता निर्माण समिति पुनगठन गरिएको छ। पुनर्गठित समितिले यही फाल्गुण १७ गतेदेखि दोस्रो चरणको सडक निर्माण कार्यको थालनी गरेको हो।
यसैबीच शनिबारदेखि अन्नपूर्ण गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष घनश्याम पौडेलले निर्माणाधीन उक्त सडकको निर्माण कार्यको निरीक्षण गर्नुका साथै कार्य प्रगतिको बारे जानकारी लिए।
सो अवसरमा सडक उपभोक्ता निर्माण समितिका सल्लाहकार आशबहादुर गुरुङले उक्त निर्माणाधीन सडकलाई वषायाममा बाढीपैर्होबाट जोगाउनको लागि सडकखण्डमा पर्ने विभिन्न खोल्सीहरुमा हृयूमपाइप र ग्याबिन जाली राख्न अति नै आवश्यक रहेकोले सो उपलब्ध गराइदिन वडा अध्यक्ष पौडेलमार्फत गाउँपालिका समक्ष माग गरे।
Related News
सम्बन्धित समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९