पोखरा, १७ फागुन।हर्ष उल्लासको पर्व फागुपूणिर्मा अर्थात् होली । तर रमाइलोबीच पोखरामा बिहीबार दुःखद घटना घट्यो । पोखराको विन्ध्यवासिनीमा आफ्नै घरको छतमा होली खेल्नेक्रममा खसेर एक बालकको ज्यान गएको छ ।
यसरी ज्यान गुमाउनेमा रवि रेग्मीका ११ वर्षीय छोरा आविष्कार हुन् । उनी गण्डकी बोर्र्डिङ स्कूलमा कक्षा ५ मा अध्ययन गर्दथे ।
दिदीसँग दइतले घरको छतमा होलि खेलिरहेको बेला भुइंमा रहेकालाई रंगसहितको पानी खन्याउने क्रममा बिहान १०:५५ बजे बाल्टीसँगै उनी भुइँमा पछारिए । दाहिने कञ्चट र पछाडि गर्धन बजारिएका कारण उनी बच्न सकेनन् । छतबाट खस्नेबित्तिकै तत्काल फिस्टेल हस्पिटल पुर्याइएको थियो । होलीको दिन डाक्टर समेत झण्डै १ घण्टा ढिला भएको परिवार सदस्यले जानकारी दिएका छन् ।
पारिवारिक श्रोत भन्छ, ‘हेलिकोप्टर समेत खोजिसके पनि अन्तिममा फिस्टेल हस्पिटलमै अप्रेशनको तयारी गर्दागर्दै २ घण्टा ढिला भयो । अस्पताल ल्याइसकेपछि पनि आविस्कार बोल्दै थिए । विस्तारै अचेत हुँदै गए । साढे २ बजेतिर अस्पतालले मृत घोषणा गर्यो ।’
आविष्कारको तीन-चार थोपा आन्तरिक रक्तश्राव भएको देखिएको अस्पतालमा सँगै रहेका विद्यार्थी नेता शेखर गौतमले जानकारी दिए ।
‘काठमाडौं लैजान पनि ढिलो हुने, फिस्टेलले नै यहीं नगर्न सकिन्छ भन्यो । डाक्टरसा’ब हस्पिटलमा नभएकाले १ घण्टाजस्तै ढिला भयो’, उनले भने, ‘पछि अप्रेशन कहाँ के गर्ने भन्दाभन्दै यहीं गर्ने भनेपछि ढिला हुन गयोे । यही तीन-घण्टा बीचमा मृत्यु भयो । काठमाडौं पनि लैजान नसकिने । यहाँ पनि यति सिरियस केसको हल नहुने ।’ बालकको बुधबार बेलुकी नै दाहसंस्कार गरिएको छ ।
यसैगरी, होलीकै दिन पोखरामा ४ वटा गाडी आपसमा ठोकिएका छन् । पोखरा १४ चाउथेमा बिहीबार साँझ साढे ५ बजे भएको सो दघटनामा १० जना घाइते भएका छन् । घाइतेमध्ये २ जना गम्भीर रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।
चाउथे खसीबजारमा पोखराबाट पूर्व विजयपुरतर्फ जाँदै गरेको ग१च४४४९ नंम्बरको भेन अनियन्त्रित भई काठमाडौंबाट पोखरातर्फ आउदै गरेको ग१ज ३७०७ नम्बरको ट्याक्सीलाई ठक्कर दिन पुगेको थियो ।
सोही बेला पोखरातर्फ नै आउँदै गरेको बा१०च १५२४ नम्बरको कारलाई ठक्कर दिई पुनः विजयपुरबाट पोखरातर्फ आउँदै गरेको ग१ज २६७६ नम्बरको ट्याक्सीलाई ठक्कर दिई दघटना भएको हो ।
घटनामा ग१ज २६७६ नम्बरको ट्याक्सी चालक स्याङ्जा विरुवा अर्चलेका ३० वर्षीय जितबहादुर बिक र यात्रु नुवाकोट घर भई औद्योगिक क्षेत्र बस्ने वर्ष २४ की माया तामाङ गम्भीर घाइते भएका छन् । बिकको टाउको र ढाडमा चोट लागेको छ भने तामाङको अनुहारमा चोट लागेको छ । उनीहरुको मणिपाल हस्पिटलमा उपचार भईरहेको छ । सोही ट्याक्सीमा सवार वर्ष ३५ की वीरमाया तामाङको दाहिने खुट्टामा चोट लागेको छ । यस्तै, ग१च४४४९ नम्बरको गाडीचालक पोखरा २६ सुन्दरीबजार बस्ने वर्ष ३३ को अमृत जिसी, सोही ठाउँका वर्ष ३८ का सागर लामिछाने घाइते छन् ।
यस्तै, बा१०च १५२४ नम्बरको गाडीको घाइतेमा स्याङ्जा घर भई हाल काठमाडौं चाबहिल बस्ने मुकेश ढुंगाना, काठमाडौ घर भई बिरौटा बस्ने वर्ष ६८ को गोपिकृष्ण ढुंगाना, उनकी बुहारी वर्ष ३४ की उपमा शर्मा, काका वर्ष ६२ का इन्द्रबहादुर ढुंगाना र वर्ष ५ का आश्रय ढुंगाना सामान्य घाइते छन् । उनीहरुलाई गण्डकी मेडिकल कलेजमा लगिएको थियो । ग१ज ३७०७ नम्बरको ट्याक्सीमा सवार यात्रुलाई भने क्षति भएको छैन । पहिलो ठक्कर नै उक्त ट्याक्सीलाई दिएको थियो । चालक पृथ्वीचोक बस्ने वर्ष ३२ का बुद्धि कार्की प्रहरी सर्म्पर्कमा पुगेका थिए ।
वडा प्रहरी कार्यालय रामबजारका प्रमुख इन्स्पेक्टर दीपक केसीको कमाण्डमा ११ जनाको टोली घटनास्थल पुगी उद्धारमा खटिएको थियो ।
८१ जना कारबाहीमा
होलीको दिन विशेष सुरक्षा योजना लागू गर्दै कडाइ गरेको कास्की प्रहरीले बिहीबार ५१ वटा सवारीसाधनसहित ८१ जनालाई कारबाही गरेको छ । कारबाही परेका ८१ मध्ये ६ जना महिला छन् । ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालयहरु, इलाका प्रहरी कार्यालय डाँडाको नाकमा समातेका सवारी पुर्याइयो भने नियन्त्रणमा रहेका सबैलाई सचेत गर्दै बेलुकी छाडिएको प्रहरी प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए । मापसे गर्ने, होहल्ला गर्ने, अश्लील बोल्ने, कागजपत्र नबोक्नेहरु रमाइलो गर्न हिँडे पनि प्रहरी खोरमा जाकिएका हुन् ।
Related News
सम्बन्धित समाचार
मन्त्री र सचिवलाई कर्मचारीको म्यासेज :निजामती सेवा ऐनको मस्याैदा नै विभेदकारी भयो
दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
hero news full width
मुख्य समाचार
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९