हिमालय आँखा अस्पतालको रजत जयन्ती

स्वास्थ्य र शिक्षा सरकारको दायित्व : मुख्यमन्त्री

आदर्श समाज सम्वाददाता
फागुन १८, २०७४

पोखरा, १७ फागुन। प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई स्वास्थ्य सेवाको सुनिश्चितताका लागि पूर्वाधार तयारी आवश्यक भएको बताएका छन्।

उनले भने- ‘स्वास्थ्य र शिक्षा सरकारको दायित्व हो। जनतालाई सुलभ तरिकाले सेवा प्रदान गर्न सरकारले जिम्मा लिनुपर्छ।’

हिमालय आँखा अस्पताल पोखराको रजत जयन्ती समारोहमा प्रमुख अतिथिको आशनबाट व्यवस्थापनको प्रशंसा गर्दै मुख्यमन्त्री गुरुङले स्वास्थ्यका माध्यमबाट पनि यस क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न सकिने बताए। साथै, उनले संवृद्धिका लागि राष्ट्रिय पुनर्जागरणको आवश्यकतामा जोड दिए।

नेपाल नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष तीर्थप्रसाद मिश्रले जनसहभागिताबाट मात्र अस्पतालले अपेक्षित सेवा दिन सक्छ भन्ने नमूना हिमालय आँखा अस्पताल भएको उल्लेख गर्दै प्रत्येक स्थानीय तहमा एक जना नेत्र सहायकको व्यवस्था गर्न आग्रह गरे।

पोखरा लेखनाथ महानगर पालिकाका प्रमुख मानबहादुर जिसीले जेष्ठ नागरिक, एकल महिला तथा विपन्नका लागि प्रत्येक वडामा स्वास्थ्य सेवा पुर्याउने महानगरको योजनामा आँखा अस्पतालको पनि सहयोगको अपेक्षा गरे।

नेपाल नेत्रज्योति संघका संरक्षक डा. रामप्रसाद पोखरेलले हिमालय आँखा अस्पतालले कर्णाली जस्तो विकट क्षेत्रमा सेवा पुर्याएको चर्चा गरे।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. बुद्धिबहादुर थापाले आँखा अस्पतालसँग सहकार्य गरेर अघि बढ्ने बताए।

आई केयर फाउण्डेशन नेदरल्याण्डसका अध्यक्ष आर्थर माथिज वान प्रागले हिमालय आँखा अस्पतालले निरन्तर महत्वपूर्ण भूमिका खेल्दै अघि बढ्ने विश्वास व्यक्त गरे।

पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले अस्पतालले प्राप्त गरेको उचाई निरन्तर कायम राख्न सफल रहनुपर्नेमा जोड दिए।

अस्पतालको गतिविधिबारे प्रकाश पार्दै चिफ मेडिकल डाइरेक्टर डा. इन्द्रमान महर्जनले गण्डकी, धवलागिरी र विशेष गरी कर्णालीसम्म सेवा विस्तार भएको र आँखा उपचारमा सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गरिएको जानकारी दिए।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्राडा दिलबहादुर क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेत्रहीन संघ कास्कीकी सहकोषाध्यक्ष राधिका योगीले स्वागत मन्तव्य राखेकी थिइन्। कार्यक्रमको सञ्चालन संघका सचिव सुरेन्द्र थापा मगरले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • हर्पनकोट माविमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता जेठ २४, २०८०
    हेमजा । पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरुङले विद्यार्थीले गर्ने अतिरिक्त क्रियाकलापको पनि मूल्यांकन हुनुपर्ने बताएका छन् । पोखरा २३ स्थित…
  • फेवातालमा एक युवक मृत फेला, २ दिनसम्म भएन पहिचान

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । पोखराको फेवातालमा एक युवक मृत फेला परेका छन् । अन्दाजी ४५ वर्षीय ती पुरुषको पहिचान खुल्न सकेको छैन…
  • सामुदायिक विद्यालयका कर्मचारीकाे लगातार धर्ना

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । नेपाल विद्यालय कर्मचारी परिषद्ले शिक्षा विकास तथा समन्वय इकाइमा लगातार धर्ना जारी राखेको छ । परिषद् कास्कीले पनि पोखराको…
  • कृष्णमणिलाई वातावरण पत्रकारिता पुरस्कार

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८०
    पोखरा । पत्रकार कृष्णमणि बरालले वातावरण पत्रकारिता पुरस्कार–२०२२ पाउने भएका छन् । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण…
  • रास्वपा पोखरा २६ गठन

    आदर्श समाज सम्वाददाता जेठ २२, २०८०
    पोखरा । पोखरा २६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा भेलाले वैकुण्ठ बरालको अध्यक्षतामा तदर्थ वडा समिति गठन गरेको छ ।…

hero news full width

Recent Posts

भर्खरै