हिमालय आँखा अस्पतालको रजत जयन्तीको अवसरमा अस्पताल परिसरमा निर्मित सवस्पेशलिष्ट भवनको उद्घाटन भएको छ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त भवनसहित रजतस्तम्भकोसमेत उद्घाटन गरे। साथै, त्यस अवसरमा उनले अस्पतालको सहयोगी संस्था आई केयर नेदरल्याण्डसलगायत विभिन्न संस्था, महानुभाव, पूर्व अध्यक्ष तथा उत्कृष्ट पदाधिकारी तथा कर्मचारीलाई सम्मानपत्र प्रदान गरेका थिए।
यसरी सम्मानित हुनेमा पूर्व अध्यक्ष अशोक पालिखे, पूर्व केन्द्रीय सदस्य देवबहादुर श्रेष्ठ, जुम्ला आँखा अस्पतालका धनबहादुर बस्नेत, रिकन प्रोजेक्ट म्यानेजर मिकी उप्रेती, गोरखा वेलफेयर सोेसाइटीका डा. सतिश गुरुङ, अनोर्ल्ड रोल्फ, डा. गिभल्ड स्मित, अनिता सिमोन, लिनर्डट प्रटेभल रहेका छन्। यसैगरी, पुरस्कृत हुने कर्मचारीमा दीपबहादुर मल्ल ठकुरी, मिनबहादुर गुरुङ रहेका छन्। दीघसेवा पदक पाउनेमा डा. इन्द्रमान महर्जन, हरिप्रसाद अर्याल, प्रेम नकर्मी, छपबहादुर बस्नेत, शशी कुमार लामिछाने, गोविन्दनाथ योगी, पार्वती गुरुङ, विष्णु काफ्ले, सीता विक, तुलसी ढकाल, कृष्ण राना, माया ठकुरी, मन्जु आचार्य, दगा मास्के, गोविन्द पोखरेल, कालीबहादुर राउत, डबल अधिकारी, दिलबहादुर मल्ल ठकुरी रहेका छन्।
Related News
सम्बन्धित समाचार
तिहारका लागि मुस्ताङबाट ४ हजार भेडाच्याङग्रा बिक्री
काठमाडौँ महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद
सैनिकको दीक्षान्त समारोह
तिहारमा पाल्पाली समाजको देउसीभैलो तथा शुभकामना आदानप्रदान
किसानलाई निःशुल्क आलुको बीउ
hero news full width
मुख्य समाचार
गण्डकीमा कहाँकहाँ घुम्ने ?
पोखरामा भाइटीका महोत्सव
कार्तिक १८, २०८१मनाइँदै भाइटीका
कार्तिक १८, २०८१आज भाइटीका, बिहान ११ः३७ बजे उत्तम साइत
कार्तिक १८, २०८१लोप हुँदै मखमली फूल’
कार्तिक १८, २०८१तिहारलाई लक्षित गरी एक लाखको फूल बिक्री
कार्तिक १८, २०८१