हेमजा, १७ फागुन । अन्नपूर्ण गाउँपालिका-८, वीरेठाँटीमा बिहीबारदेखि फागुपूणिर्मा मेला शुरु भएको छ । स्थानीय वीरेठाँटी युवा परिवारको आयोजनामा शुरु मेला फागुन २१ गतेसम्म चल्नेछ ।
मेला उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं राष्ट्रिय सभाका सदस्य सुरेन्द्र पाण्डेले नेपाल विविधिताले भरिपूर्ण देश भएको चर्चा गर्दै यसको उपयोग गरी नेपालीले आफ्नो आर्थिक हैसियत उकास्नुपर्नेमा जोड दिए। पाण्डेलेे विदेशीहरु नेपालमा मोटर चढ्न नआउने तर्क अगाडि सार्दै नेपालका सबै ट्रेकिङ रुट पहिचान गरिनुपर्नेमा जोड दिए ।
उनले काँग्रेसले नै इतिहासका हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको दाबी गर्दै चुनावमा हारजित स्वभाविक भएकाले चुनाव जित्दैमा उन्माद र हार्दैमा निरास हुने दुवै प्रवृति गलत भएको औल्याए।
अन्नपूर्ण गाउँपालिका वडा ६ अध्यक्ष चित्रबहादुर गुरुङले फागुपूणिर्मा मेलालाई पर्यटकीय महोत्सवको रुपमा विकास गरिनुपर्नेमा जोड दिए । उनले गाउँपालिकाकाले एक वडा, एक खेलमैदान नीति अगाडि बढाएको बताए ।
मोदी गाउँपालिका १ का अध्यक्ष गौप्रसाद गुरुङले संस्कृतिलाई तडकभडक तरिकाले मेला नमनाई मौलिक तवरले मनाउनुपर्नेमा जोड दिए ।
उद्घाटनका दिन कलाकार पार्वती जिसी, शंकरविरही गुरुङ, सुरेन्द्र गुरुङ, ज्योति लोहोनी, रामजी पौडेल लगायतले विभिन्न प्रस्तुति राखेका थिए । शुक्रबार कलाकार कुमार पुन, घनश्याम रिजाल, दगा गुरुङ, सरस्वती लामिछाने, तुलसा जिसी, ओम गुरुङ, नरबहादुर राना, दीपक थापा, टेक क्षेत्री लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ । मेलाको मुख्य आकर्षणमा वडास्तरीय पुरुष भलिबल, महिला भलिबल प्रतियोगिता, तारा खेल, क्यानोनिङ, कराँते तथा तेक्वान्दो प्रदर्शनी रहेको क्लवका प्रमुख सल्लाहकार देवेन्द्रकुमार शेरचनले बताए। क्लब अध्यक्ष चक्रप्रसाद गौचन (खगेन्द्र) को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन स्थानीय विशाल गुरुङले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९