पोखरा, १७ फागुन। प्रदेश नम्वर ४ का मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङले प्रदेश ४ को प्राकृतिक स्रोतसाधन तथा जलस्रोत उच्चतम् प्रयोग गरी उत्कृष्ट प्रदेश बनाउने बताएका छन्।
हिल प्वाइन्ट मावि, माटेपानीको ३७ औं पुरस्कार वितरण तथा फुड फेस्टिभल उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले सो कुरा बताएका हुन्। उनले १० वर्षभित्र पोखरामा २० लाख पर्यटक भित्रयाइनुको साथै २ वर्षभित्र टुकी वत्ती अन्त्य गरी उज्यालो प्रदेश बनाइने बताए। वेरोजगार युवालाई आवश्यक सीप दिनुपर्ने उल्लेख गर्दै उनले गाउँघरमा रहेका बाँझा जमिनलाई हराभरा बनाउनु पर्ने बताए।
उनले मुुलुकको संविधान प्रारम्भिक चरणमा रहेकोले यसको कार्यान्वयनमा अझै २/४ वर्ष लाग्ने बताए। साथै उनले चाँडै विश्वासको मत लिएर आफूले मन्त्रिमण्डल विस्तार गर्ने पनि जानकारी दिए।
विद्यालय प्राचार्य दिवाकर जैसीले विद्यालयको वाषिर्क प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले विगत केही वर्षदेखि उत्कृष्ट नतिजा हासिल गर्दैआएको बताए।उनले विद्यालयले आगामी दिनमा डिप्लोमा इन इञ्जिनियरिङ तथा ब्यालर लेवलको होटल व्यवस्थापन संकाय सञ्चालन गर्ने लक्ष्य राखेकोले यसमा सबै निकायबाट सहयोगको अपेक्षा समेत गरे।
कार्यक्रममा पूर्व क्षेत्रीय सहप्रशाशक दिवाकर बास्तोला, प्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष षडानन्द गौतम, समाजसेवी ऋषिराम लामिछाने स्कूलका जग्गादाता ऋषभदेव बास्तोला लगायतले विद्यालयको प्रगतिको कामना गरेका थिए। स्कूल व्यवस्थापन समिति अध्यक्ष बिजुलीबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रम शिक्षक कृष्णराज बरालले सञ्चालन गरेका थिए।
कार्यक्रममा शिक्षक समीर मौरतीले मुख्यमन्त्रीको परिचय तथा चिनारी प्रस्तुत गरेका थिए भने विद्यार्थी अरुण उपाध्यायले स्वागत मन्तव्य व्यक्त गरे।
कार्यक्रममा गत वर्ष विभिन्न विधामा उत्कृष्ट विद्यार्थी तथा विद्यालयका उत्कृष्ट कर्मचारीको रुपमा दीपक रोकामगर, प्रेमकुमारी गुरुङ तथा उत्कृष्ट शिक्षकमा कृष्णा गुरुङलाई मुख्यमन्त्री गुरुङ,प्रदेश ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामशरण बस्नेत लगायतले पुरस्कार तथा नगद वितरण गरेका थिए। विद्यालयमा हाल ८ सय ५० जना विद्यार्थी अध्यनरत छन् । स्कूले प्लस टुमा मोफसलमै पहिलो चोटी फाइनआर्ट कक्षा सञ्चालन गरेको छ।
Related News
सम्बन्धित समाचार
दुर्गा मन्दिरमा अक्षरयात्रा
आलु महोत्सव लक्षित सरसफाइ
सामुदायिक शैक्षिक संस्था समुदायको पहिचान
पाइपलाइनमा हुने क्षतिको मूल्यांकन गर्न समिति
लापरवाहीले बढ्यो सडक दुर्घटना
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
चैत्र १९, २०७९स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
चैत्र १८, २०७९सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९