पोखरा, १५ फागुन । काठमाडौको बालुवाटारमा प्रधानकार्यालय रहेको सांग्रिला डेभलपमेन्ट बैंक र एपोलो हस्पीटल इन्डीयाबीच सेवा आदानप्रदान विषयमा सम्झौता भएको छ।
काठमाडौमा मंगलबार आयोजित कार्यक्रममा बैंकका तर्फबाट उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल र एपोलो हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक अशोक बाजपाईले हस्ताक्षर गरे ।
सम्झौतापछि एपोलो हस्पिटलमा बैंकका ग्राहक, सेयरधनी कर्मचारी र तिनका परिवारले सेवा लिँदा उक्त सेवामा १० प्रतिशतसम्म छुट प्रदान गरिने द्विपक्षीय सहमति भएको हो। सम्झौता अनुरुप विकास बैंकका ३ लाख भन्दा बढी ग्राहक, १५ हजारभन्दा बढी सेयरधनी, ४ सय भन्दा बढी कर्मचारी र तिनका परिवारले सर्वसुलभ तरिकाबाट गुणस्तरीय स्वास्थ्य सेवा लिन सक्नेछन्। उक्त सेवा लिनको लागि ग्राहकले बैंकले प्रदान गर्ने भिसा डेबिट कार्ड लिएको हुनुपर्नेछ।
हस्पिटलका प्रबन्ध निर्देशक अशोक बाजपाईका अनुसार हस्पिटलको काठमाडौंस्थित सूचना केन्द्रबाट सेवाग्राहीले हस्पिटलसँग सिधैँ समन्वय गर्न सक्ने र उपचारको लागि जानु पर्दाको अवस्थामा ग्राहकले अग्रिम सयम लिएको खण्डमा ग्राहकलाई विमानस्थलबाट हस्पिटल वा होटलसम्मको यातायातको सुविधा हस्पिटलले नै प्रदान र होटलको पनि सुविधा प्रदान गर्ने सहमति भएको छ।
नेपालका धेरै उच्च पदस्थ व्यक्तिले एपोलो हस्पिटलबाट सेवा लिइसकेको प्रबन्ध निर्देशक बाजपाईले बताए।
कार्यक्रममा बैंकका अध्यक्ष प्राडा रविन्द्रप्रसाद श्रेष्ठले यो सम्झौता विकास बैंकको सक्रियतामा भएको र यसले विकास बैंकका ग्राहकलाई मात्र नभई सम्पूर्ण नेपालीलाई भारतमा स्वास्थ्य सेवा लिनको लागि सहज हुने बताए।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको रक्तदान
सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
खाद्य लिमिटेडको बिक्री केन्द्र विस्तार
पोखरामा न्युरोडमा पाल्पा हाउस उद्घाटन
hero news full width
मुख्य समाचार
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
खर्कमा पर्यटक चहलपहल
चैत्र १४, २०७९कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९