पोखरा, १४ फागुन । लमजुङ पोखरा सर्म्पर्क समिति र लमजुङ पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रिय सभामा लमजुङबाट निर्वाचित सांसदलाई पोखरामा एक कार्यक्रम गरी बधाई एवं सम्मान गरेको छ ।
कार्यक्रममा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश ४ लाई नेपालकै नमूना, समृद्ध र सुशासनको नमूना बनाउने दाबी गरे ।
भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने बताउँदै उनले भ्रष्टाचार नियन्त्रणका लागि कार्यदल बनाई अनुगमन गर्ने र गल्ती भेटिएमा तत्काल कारबाही गर्ने बताए । मुख्यमन्त्री गुरुङले प्रदेश ४ जलविद्युत्, पर्यटन र कृषिका लागि उत्कृष्ट प्रदेश भएको दाबी गरे ।
सांसद मायानाथ अधिकारीले आफू जहिले पनि लमजुङे विकास निर्माणको निम्ती साथमा रहने बताए । कार्यक्रममा स्वागत मन्तव्य सहकारीका अध्यक्ष ऋषिराम चिलुवालले गरेका थिए ।
अध्यक्ष दीपकराज घिमिरेले सम्पूर्ण लमजुङेहरु एक रहेको र कुनै जातजाति, राजनीति विशेषको नभई सम्पूर्ण लमजुङेहरुको छाता संगठन, सदैव समाजसेवा रहेको बताए । लमजुङलाई प्रदेश राजधानीदेखि दुर्इ मोटरबाटोले जोड्न सके कृषि र पर्यटनमा फड्को मार्ने बताए ।
उक्त अवसरमा संस्थाका उपाध्यक्ष कृष्ण गिरी तथा इश्वर चिलुवालले पनि मन्तव्य व्यक्त गरेको जगत गिरीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
तीज महत्वविषयक प्रशिक्षण
निस्सा वितरण
गाईजात्रा नाच प्रदर्शन
परोपकारी यात्रामा सिद्धि–सेतुली प्रतिष्ठान
उदय र आशलाई कञ्चन पत्रकारिता पुरस्कार’
hero news full width
मुख्य समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९