पोखरा, १४ फागुन। ओम डेभलपमेन्ट बैंकले दाङको लमहीमा शाखा विस्तार गरेको छ।
प्रमुख अतिथि लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले देउखुरी बहुमुखी क्याम्पसका विद्यार्थीलाई बैंकको तर्फबाट प्रदान गरिने छात्रवृत्ति घोषणा गर्दै शाखा उद्घाटन गरे।
समारोहमा बैंकका अध्यक्ष सुशीलकुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले बैंकले प्रदान गर्ने सेवा सुविधाबारे जानकारी गराए।
बैंकले माघ मसान्तसम्म १७ अर्ब ७१ करोड निक्षेप संकलन गरी १६ अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ। हालसम्म बैकको शाखा संख्या ५२, कर्मचारी संख्या ३ सय ९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटिएम संख्या ३१ रहेको छ।
यसैबीच, ग्राहकलाई निःशुल्क सि-आश्वा सेवा समेत प्रदान गर्दैआएको छ।
बैंकले सेयरधनीलाई १७.६९ प्रतिशत लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भईसकेको सो लाभांश बैंकको फागुन २५ मा पोखरामा हुने वाषिर्क साधारण सभाले प्रस्ताव पारित गरेपछि वितरण हुने जनाएको छ ।
हालै बैंकले जर्मनीको केएफडब्लु बैंकसँग साना तथा मझौला कर्जाअन्तर्गत २ लाखदेखि ४० लाख रुपैयाँसम्म कर्जा लगानी गर्न सम्भौता गरी कर्जा लगानी शुरु गर्दैआएको पनि बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए।
Related News
सम्बन्धित समाचार
वित्तीय साक्षरता तालिम
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
वित्तीय संस्था कर्मचारी संघमा याम
बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
चर्को ब्याजविरुद्ध पोखरामा रिले अनसन
hero news full width
मुख्य समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९