पोखरा, १३ फागुन । नेपाली काँग्रेसका महामन्त्री डा सशांक कोइरालाले काँग्रेसले चुनावी हारलाई संगठन बलियो बनाउने अवसरका रुपमा लिनुपर्ने बताएका छन्।
उनले काँग्रेस नराम्ररी पराजित भए पनि अब कमजोर पक्षलाई सुधार्दै बलियो बन्नुपर्ने आवश्यकता औंल्याए।
नेपाल शिक्षक संघ, प्रदेश ४ को प्रथम अधिवेशन पोखरामा आइतबार उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
उनले समानुपातिक नतिजा अनुसार काँग्रेस घटेकोजस्तो नदेखिएको पनि बताए । ‘सिद्धान्त, इतिहास र कार्यकर्ता, यी तीन पक्ष काँग्रेसको सबल पक्ष हो। यसको उपयोग गर्न सके काँग्रेस बलियो छ’ उनले भने।
काँग्रेस संसदीय दलको नेता पनि सर्वसम्मत रुपमै चयन हुनुपर्ने आफ्नो मान्यता रहेको कोइरालाले बताए। यद्यपि, आइतबार बिहान बसेको केन्द्रीय कार्यसमिति बैठकला दलका नेता चयनका लागि फागुन २१ गते निर्वाचन गर्ने निर्णय गरिसकेको छ। दलको नेताका लागि पार्टीसभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंह प्रतिष्पर्धामा उत्रने तयारीमा छन्। सर्वसम्मत भए कोइराला नै बन्ने चर्चा पनि नचलेको होइन। महामन्त्री कोइरालाले काँग्रेसको चुनौती कठिन रहेकाले सर्वसम्मत रुपमै नेतृत्व चयन भए आमपार्टीकार्यकर्ता, मतदातालाई राम्रो सन्देश जाने बताए।
वीपी पुत्र समेत रहेका डा सशांकले बनारसमा विद्यार्थीकालको स्मरण गर्दै वीपीले सबैभन्दा धेरै सम्मानभाव शिक्षकलाई गर्ने समेत उल्लेख गरे। उनले शिक्षा नीति केन्द्रमै हुनुपर्ने पक्षमा आफू रहेको उल्लेख गर्दै आफू शिक्षकको हितमा सदैव रहने बताए।
संघका केन्द्रिय उपाध्यक्ष किशोरदत्त बरालले अध्यक्षता गरेको कार्यक्रममा पूर्व मन्त्री तथा काँग्रेस नेता यज्ञबहादुर थापाले चुनावअघि जित मात्रै देखेको काँग्रेस अहिले हारेर जिल्ल अवस्थामा रहेकाले जुर्मुराउनुको विकल्प नरहेको बताए। उनले नेतृत्व गर्न वीपीपुत्र सशांकलाई खुट्टा नकमाउन, बुबाको विचार अघि बढाउन ढाडस दिए।
प्रदेश सांसद कृष्णचन्द्र नेपालीले तदर्थ समिति नै भए पनि पार्टीले सातै प्रदेशमा प्रदेशस्तरीय संगठन निर्माण गर्न सुझाव दिए। उनले प्रदेश ४ मा १५ जना सांसद मात्रै काँग्रेसको भए पनि जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्दै आफ्नो ठाउँबाट सक्दो गर्ने बताए।
काँग्रेस कास्की सभापति कृष्ण केसीले वर्तमान सरकार क्युबाको फिडोल क्यास्ट्रो शैलीमा अघि बढेको भन्दै काँग्रेस बलियो हुनुपर्ने बताए।
काँग्रेस नेता शुक्रराज शर्माले शिक्षक इमान्दार बनेमात्र विद्यार्थीले सिक्ने, शिक्षक संघका साथीहरु बलियो भए पार्टीबलियो हुने बताए।
कार्यक्रममा पूर्व सांसद शारदा पौडेल लगायतले २० जना बढीले शुभकामना व्यक्त गरेका थिए। संघको प्रथम अधिवेशन सोमबार २७ सदस्यीय कार्यसमिति गठन गर्दै समापन हुनेछ।
Related News
सम्बन्धित समाचार
संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जलहरीका विषयमा प्रधानमन्त्रीले सदनमा प्रष्ट्याउने
मन्त्री नपाएका बिन्दु बने दलको उपनेता, अरुको चित्त कसरी बुझाउलान् मुख्यमन्त्री पाण्डेले
पत्रकारले पेसागत मर्यादा भल्नु हुँदैन : मुख्यमन्त्री पाण्डे
संसद फर्कने ढाकाकुमारको प्रयास असफल, अन्तरिम आदेश जारी भएन
hero news full width
मुख्य समाचार
रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड
सांसदले बाँड्न पाउने गरी प्रति क्षेत्र ५ करोड विनियोजन
जेठ १५, २०८०आगामी आवको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड
जेठ १५, २०८०गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
जेठ १५, २०८०स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
जेठ १५, २०८०‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
जेठ १५, २०८०