पोखरा, १२ फागुन । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको विकास र समृद्धिका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ र नयाँ पत्रिका दैनिकले पोखरामा आइतबार आयोजना गरेको आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकासका मामिलामा निजी क्षेत्रसँगै अगाडि बढ्न तयार रहेको उल्लेख गरे ।
‘प्रदेश संरचना सबै जिरो ग्राउण्डमा छ । कसैले पनि बिगारेको छैन’, उनले भने-‘यसलाई हामीले चाहेजस्तो बनाउन सक्छौं । कस्तो बनाउने तपाईंहरुले सुझाव दिनुस् ।’
उनले प्रदेश ४ को समृद्धिको निर्विकल्प आधार कृषि, पर्यटन र जलश्रोत भएको भन्दै खनिज उद्योगलाई पनि जोड्न सकिने बताए । सरकारले सबै हिसाबको सहयोग गर्ने गुरुङको प्रतिबद्धता छ । ‘तपार्इंलाई आइपरेका सबै जटिलता फुकाउन सरकार तयार छ । तपाईंहरुको लगानीको सुरक्षा अब सरकारले गर्छ, उनले थपे-‘तपाईंहरु नयाँ सम्भावनामा लगानी बढाउनुस् । समृद्धिका लागि सरकारलाई सघाउनुस् ।’ उनले व्यवसायमा हुने कुनै पनि गुण्डागर्दी क्षम्य नहुने भन्दै यसको अन्त्य तत्कालै हुने बताए ।
मुख्यमन्त्री गुरुङले उत्तर दक्षिण कोरिडोर बनाएर दुर्इ देशको आर्थिक ट्रान्जिटको रुपमा प्रदेश ४ लाई प्रयोग गरिने बताएका छन् ।
कार्यक्रममा डा गोविन्दबहादुर थापाले प्रदेश ४ को आर्थिक तथा व्यावसायिक सम्भाव्यता र विकासका प्राथमिकताबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रदेश ४ हरेक हिसाबले औसत रहेको भन्दै उनले यसको विकासका लागि नयाँ संरचनाको प्रदेश सरकारलाई अवसर बढिरहेको बताए । यस प्रदेशलाई पर्यटन मार्फत समृद्ध बनाउन सकिने भन्दै उनले पर्यटन विकासका केही आधार पनि प्रस्तुत गरे ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ अध्यक्ष भवानी राणाले निजी क्षेत्र सरकारलाई सघाउन तयार रहेको उल्लेख गरिन् । अहिलेसम्म अँध्यारोमा लगानी गरेर जबर्जस्त यो अवस्थामा ल्याएको भन्दै उनले अब सही ठाउँको पहिचान गरेर लगानी बढाउनेमा निजी क्षेत्र क्रियाशील रहने बताइन्।
Related News
सम्बन्धित समाचार
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
पेट्रोलकाे भाउ बढेर लिटरकै १ सय ८० पुग्याे, खाना पकाउने ग्यासको मूल्य २ सय बढ्यो
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
नेपाल अडिटर्स एसोसियसन (अडान) गण्डकीमा पदमबन्धु पोखरेल
hero news full width
मुख्य समाचार
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९