काठमाडौं, १३ फागुन । नेपाली काँग्रेस केन्द्रीय समिति बैठकले संसदीय दलको नेता चयन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
आइतबर पार्टीकेन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले चीनकाजी श्रेष्ठको संयोजकत्वमा संसदीय दलको नेता चयनका लागि कार्यदल गठन गरेको हो ।
कार्यदल सदस्यमा नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्बे रहेका छन् । कार्यदलले दलको नेता चयनका लागि फागुन २१ को मिति तोकेको छ । फागनु २१ गते संघीय संसद्को बैठक बस्न लागेकाले त्यसअघि काँग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया थालेको हो । बैठकले संसदीय दलको विधानलाई पनि अनुमोदन गरेको छ ।
काँग्रेसले संविधानको ढाँचा अनुसार संसदीय दलको पुरानो विधानलाई संशोधन गरी शनिबार नयाँविधान बनाएको थियो । काँग्रेसबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्वगर्ने सांसदहरुको शनिबारको संयुक्त बैठकले काँग्रेस संसदीयदलको विधान मस्यौदा सर्वसम्मतले पारित गरी अनुमोदनका लागि केन्द्रीय समितिमा पठाएको थियो ।
यसैबीच, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीसभापति शेरबहादुर देउवामाथि गम्भीर प्रश्न उठाएका छन् ।
आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पौडेलले लिखितरुपमै आफ्नो धारणा राख्दै देउवामाथि पार्टीाई उठ्नै गाह्रो हुने गरी लथालिंग हालतमा पुर्याएको आरोप लगाएका छन् । पत्रको शुरुमा नै १३ औं महाधिवेशनलगत्तै आफूले भेटेर समूहको संरक्षक होइन, सिंगो काँग्रेसको बन्न आग्रह गरेको स्मरण गर्दै वरिष्ठ नेता पौडेलले भनेका छन्, तर तपाई तयार हुनुभएन । परिणाम आज के भयो ? काँग्रेसले काँग्रेसलाई हराएर आनन्द मान्ने ठाउँमा पुग्यौं’-उनले अघि भने, ‘हो तपाईको आफ्नो गुट मजवुत बन्यो होला तर विचरा काँग्रेस झन्झन् दुर्वल बन्यो । उठ्नै गाह्रो हुने गरी लथालिंग हालतमा, दुःख पाएका निष्ठावान कार्यकर्ता आमरुपमा उपेक्षित र कुठित ।’
पौडेलले पार्टीसभापतिमाथि कम्युनिष्टलाई सत्ता सुम्पिएको र कामचलाउ सरकार भएपछि जनतालाई दिएको राहतसमेत जसभन्दा अपजसको भारी बनेको बताएका छन् । उनको प्रश्न छ, ‘समयमै किन नगरेको ?’ देउवाको नेतृत्वमा न पार्टीभल्यो न सरकार भन्दै पौडेलले विधान अनुसार प्रदेश अधिवेशन किन नगरेको, धनुषा जिल्ला कमिटीविहीन किन बनाइयो भन्ने प्रश्न पनि पार्टीसभापतिमाथि उठाएका छन् ।
पौडेलले आमचुनावमा काँग्रेस हार्नुको मुख्य कारण काँग्रेस अत्यन्तै कमजोर हुनु भएको बताएका छन् । कम्युनिष्ट गठबन्धन सहायक कारण मात्र भएको भन्दै उनले भनेका छन्, संघीयताको प्रारम्भीक अभ्यासमै काँग्रेस केन्द्रबाट मात्र बाहिरिएको होइन, सात मध्ये एउटै प्रदेशमा पनि सत्ता सञ्चालनको जिम्मेवारी पाएन । साथै चुनावमा जज्जास्पद हार व्यहोर्दा पनि सभापतिले नैतिक जिम्मेवारी नलिएको भन्दै पौडेलले व्यंग्य गर्दै भनेका छन्, ‘अब काँग्रेसमा नैतिक शब्दको अर्थान्तर भइसकेको बुझनु पर्ने हुन्छ ।’
चार पानामा लिखित धारणा राखेका पौडेलले अब के गर्ने भनेर पनि पार्टीनेतृत्वलाई सुझाव दिएका छन् । उनले महासमिति बैठक बोलाएर संघीय लोकतान्त्रिक गणतन्त्र अनुरुप विधान बनाउन र १४ औं महाधिवेशनमा तत्काल जान समेत सभापति देउवालाई आग्रह गरेका छन् ।
Related News
सम्बन्धित समाचार
वन क्याम्पसमा समीर
गण्डकीका मुख्यमन्त्री अधिकारीलाई थप २ मन्त्रालयको कार्यभार
वेटिङ मुख्यमन्त्री पाण्डे भन्छन् : अल्पमतमा परेको सरकार बाहिरिएकै जाती
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९