लमजुङ, १२ फागुन। नेपाली संस्कृति सुरक्षा परिषद् असम राज्य भारतका महासचिव वीरेन्द्र राणालाई वेशीशहरमा नेपाली सँस्कृति अभियन्ताका रूपमा विशेष सम्मान गरिएको छ।
ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, ब्राहृमण समाज नेपाल लमजुङ, क्षत्री समाज नेपाल लमजुङ र नेपाल मगर संघ वेशीशहर नगर इकाइद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो। प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी युवराज मैनाली र आयोजक संस्थाका अध्यक्षले राणालाई सम्मानपत्रद्वारा सम्मान गरेका थिए।
प्रमुख अतिथि मैनालीले सम्मान पुरस्कार सानो देखिए पनि त्यसको गहन महत्व हुन्छ भन्दै वीरेन्द्र राणालाई दिइएको यो सम्मान सम्पूर्ण लमजुङबासीतर्फबाट हो भने। नेपाली संस्कृति सयथरी बाजा एउटै तालको रूपमा अनन्त रहेको बताए।
सम्मानित व्यक्तित्व राणाले नेपाली संस्कृति नेपाली संस्कृतिको गौरव विश्वमै उच्च रहेको बताए।
ब्राहृमण समाज नेपालका जिल्ला अध्यक्ष शाल्रि्राम अधिकारीले नयाँ पुस्तालाई संस्कार दिनु हाम्रो कर्तव्य भएको बताउँदै आज अनुभूति गरेका कुरालाई अभियानको रूपमा अघि बढाउन सकौँ भन्ने आग्रह गरे। स्वतन्त्र पत्रकार संघका सचिव समेत रहेका ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रममा वेशीशहर नगरपालिका वडा ८ का अध्यक्ष एवम् मगर समाज वेशीशहर नगरका अध्यक्ष पवित्रा थापा राना, लोकदोहोरी गीत प्रतिष्ठान नेपालका जिल्ला सहसचिव अनुज अधिकारी र इभरग्रिन दोहारी साँझका कलाकार प्रीया नेपाली, जूना परियार, संगीता परियारले सांगीतिक प्रस्तुति देखाएका थिए । कार्यक्रममा वेशीशहर नगर कार्यपालिकाका सदस्य एवम् नेपाल मगर संघका कावा जिल्ला अध्यक्ष विष्णुमाया राना, क्षेत्री समाज नेपाल प्रदेश ४ का सदस्य राजु थापा, क्षेत्री समाज नेपालका पूर्व जिल्ला अध्यक्ष रामचन्द्र अर्याल, मुक्तक मञ्चका जिल्ला अध्यक्ष वसन्त अधिकारी अधीर, सहजी आमा समूहका सचिव अनिता थापा लगायत बोलेका थिए।
Related News
सम्बन्धित समाचार
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
महानगरमा बिदा नहुने
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
hero news full width
मुख्य समाचार
कास्कीमा एकमात्र महिला वडाध्यक्ष
धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९