काठमाडौं, १२ फागुन । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको गतिविधि अनुगमन र खबरदारी गर्न छाया सरकार बनाउने निर्णय गरेको छ । शनिबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको काँग्रेस संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद गगन थापाले केन्द्रमा जति वटा मन्त्रालय रहन्छ, त्यति नै छाया मन्त्री बनाएर काम गर्ने बताए ।
छाया प्रधानमन्त्री र मन्त्रीहरुले आ-आफ्ना मन्त्रालयअर्न्तर्गत सरकारबाट भएका कामको निगरानी गर्नेछन् । प्रदेशस्तरमा पनि छाया सरकार बनाइने उनले बताए । दलको नेता चयनपछि छाया सरकार गठन प्रक्रिया शुरु हुने जनाइएको छ । यसले पार्टीका सांसदलाई प्रभावकारी बनाउन पनि भूमिका खेल्ने काँग्रेस नेता बताउँछन् । काँग्रेसले छाया सरकार गठनको खाकासहित प्रस्तावबारे विधानमा नै समावेश गरी संसदीय दलमा छलफल गरेको जनाइएको छ । शनिबारको बैठकले राष्ट्रिय सभाका ३ सदस्य मनोनयनका लागि शेरबहादुर देउवा सरकारले गरेको सिफारिस रोकेर नयाँ सरकारको सिफारिस स्वीकृत गरेकोमा राष्ट्रपतिको आलोचना गरेको छ । राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै काँग्रेसले सच्याउन माग गरेको छ । बैठकमा सांसद अत्तहर कमलले यसको विरोधमा प्रतिविधिसभाको पहिलो बैठक नै अवरुद्ध गर्नु पर्ने प्रस्ताव राखेका थिए । तर, नेताहरुले अहिले विरोध मात्र गर्ने बताएका छन् ।
बैठकमा कतिपय सांसदले संसदीय दलको नेता सर्वसम्मत रुपमा चयन गर्नु पर्ने बताएका थिए । उनीहरुले चुनाव नै हुने भए पनि पार्टीको आन्तरिक भएकाले धेरै उचालेर पार्टीकाई कमजोर बनाउन नहुने धारणा राखे । तर, सांसद प्रकाशमान सिंहले विरोध गरे । उनले पार्टीको नेतृत्व परिर्वतन हुनुपर्ने आमकार्यकर्ताको आवाज आफूले बोलिदिएको भन्दै यसलाई लुकाउन नहुने बताए । यसले दलको नेतामा चुनाव हुने प्रष्ट संकेत गरेको छ । सिंह दलको नेताका आकांक्षी हुन् । सभापति शेरबहादुर देउवाले भने समीक्षा हुनुपर्ने तर अरुलाई गाली गरेरमात्र नहुने बताए । चुनावमा अन्तरघातका कारण करिब २ सय नेता हारेको भन्दै उनले अन्तघा गर्नेहरुलाई कारबाही नगरेसम्म पार्टीअघि बढ्न नसक्ने बताएका छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखरा महानगरको मतगणना सुरु
१४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित
कास्कीमा ६५ प्रतिशत मतदान, पोखरा महानगरको मतगणना भोलिमात्र
राप्रपाको पोखरामा घरदैलो, आज लिङ्देन आउने
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९