पोखरा, १२ फागुन। सिर्जना आवासीय माध्यमिक विद्यालयको रजत जयन्ती शनिबार उद्घाटन गरिएको छ।
प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले रजत जयन्ती समारोह उद्घाटन गर्दै निजी विद्यालयप्रतिको आकर्षण सामुदायिकको लागि चुनौती बनेको औल्याए।
उनले शिक्षा क्षेत्रमा निजी क्षेत्रको रिजल्ट राम्रो हुनु सरकारसामु चुनौती खडा भएको उल्लेख गरे। उनले सामुदायिक र निजी विद्यालयबीचको विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिए। उनले बैंक तथा सहकारी जस्तै विद्यार्थी अभावमा सामुदायिक विद्यालय मर्ज भइरहेको उल्लेख गरे।
त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानका पूर्व डीन प्राडा भरतराज पहारीले विद्यालय तह शिक्षाले सफल नागरिक बन्न न्यूनतम ज्ञान र आचरण सिकाउने बताए।
समारोहमा विद्यालयको संस्थागत विकासमा योगदान पुर्याएकोमा हरिप्रसाद बराल, राजेन्द्रप्रसाद तिवारी र हर्कबहादुर गुरुङलाई सम्मान गरिएको थियो । प्रतिनिधिसभा सदस्य अधिकारीले उनीहरुलाई सम्मानपत्र हस्तान्तरण गरे ।
यस्तै, शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
कार्यक्रममा प्याव्सनका उपाध्यक्ष पुष्पराज बराल, केन्द्रीय सदस्य कृष्णबहादुर केसी, प्रदेश ४ का अध्यक्ष माधवशरण उपाध्यायले तीन तहको सरकारले वुद्धिमत्तापूर्वक काम नगरे शिक्षा क्षेत्रमा अझै बढी समस्या थपिने दावी गरे।
प्रिन्सिपल डोलराज पाण्डे, विद्यालय व्यवस्थापन समिति अध्यक्ष परशुराम बराल, शिक्षक तिलक काफ्ले, विष्णुप्रसाद सुवेदी, स्वयंसेवी शिक्षिका आना हेलेन, विद्यार्थी सुमी जिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सहारा एकेडेमीलाई सहयोग
रेन्बो एकेडेमिक होम्सको रजत जयन्ती
पोखरा महोत्सव समापन, १० करोड करोबार, साढे २ लाख दर्शक
उपन्यायाधिवक्ता गिरी सेवा निवृत्त
कांग्रेस पोखरा महानगरका संस्थापक सभापति रेग्मीको स्मृति ग्रन्थ लोकार्पण
hero news full width
मुख्य समाचार
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
माघ १३, २०७९रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
माघ १२, २०७९