लमजुङ, १२ फागुन। आठौं सुन्दरबजार महोत्सव आइतबार शुरु हुँदैछ । महोत्सवको प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम छ ।
लमजुङ उद्योग वाणिज्य संघ सुन्दरबजार इकाइ अध्यक्ष एवं महोत्सव मूलआयोजक समिति संयोजक सोमबहादुर न्यौपानेले फागुन २१ सम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताए ।
महोत्सवका आकर्षकमा औद्योगिक एवम् व्यापारिक प्रदर्शनी, स्थानीय फोटो प्रदर्शनी, राष्ट्रिय दोहोरी गीत प्रतियोगिता, माविस्तरको लोक नृत्य तथा विज्ञान प्रदर्शनी प्रतियोगिता, योग शिविर, परम्परागत संस्कृति तथा खाना उत्सव, सांस्कृतिक झाँकी प्रदर्शन, कृषि प्रदर्शनी, जातजातिको संग्रहालयको प्रदर्शन कार्यक्रम, राष्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति रहने महोत्सव सचिवलाय संयोजक खेम गुरुङले बताए। ‘उद्योग व्यापार, पर्यटन र कृषिको प्रबर्द्धन, स्थानीय कला सीप र संस्कृतिको संरक्षण’ भन्ने नाराका साथ आयोजना भएको महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने र ६ करोड बराबरको कारोबार हुने आयोजकको अनुमान छ ।
महोत्सवमा कृषिसम्बन्धी २०, होटलका १५, व्यावसायिक ८० वटा र आकस्मिक कक्षसहित सेवाका ५ गरी कुल १ सय २० स्टल रहने छन् ।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
प्रदेश मन्त्रालयलाई समयमै कम्प्युटर आपूर्ति नगर्ने कम्पनीको धरौटी जफत
बिना लाइसेन्स चलाएको स्कुटर दुर्घटना, आमाको मृत्यु, छोरी जेल चलान
माघ २५, २०७९३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
माघ २४, २०७९कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९