काठमाडौं, ९ फागुन। मन्त्रिपरिषद् विस्तारबारे नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भागबन्डामा सहमति नजुट्दा सरकार विस्तार हुन सकेन। दुवै पार्टीले बुधबार मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए।
मन्त्रीका लागि दुवै पार्टीका आकांक्षी धेरै हुँदा आन्तरिक रुपमा समेत मिलाउन कठिनाइ भइरहेको बेला महत्वपूर्ण मन्त्रालयको बाँडफाटमा दुर्इ पार्टीबीच कुरा नमिल्दा सरकार विस्तार रोकिएको हो।
माओवादी केन्द्रले गृह, भौतिक पूर्वाधार विकास जस्ता जनतासँग प्रत्यक्ष जोडिएका मन्त्रालय दिन आग्रह गरेको बताइएको छ। यता, एमालेमा पनि पार्टीका वरिष्ठ नेता नै मन्त्रीको आकांक्षी बनेपछि शक्तिशाली मन्त्रालयको जिम्मेवारी दिनुपर्ने अवस्था समेत देखिएकोले सरकार विस्तारले समय लिन सक्ने आँकलन गरिएको छ।
मन्त्रिपरिषद विस्तारमा अझै केही दिन लाग्न सक्नेबारे प्रधानमन्त्री केपी ओलीले नै स्पष्ट पारेका छन्। काठमाडौंको दहचोकमा बुधबार भएको पर्यटन उत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकार विस्तारको लागि अझै एक दुर्इ दिन लाग्न सक्ने बताएका छन्।
एमाले अध्यक्ष समेत रहेको प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको मन्त्रालय बाँडफाटबारेमा भएको वार्ता समेत निष्कर्षमै नपुगी टुंगिएको छ। मन्त्रिमण्डल विस्तारमा केन्द्रित ओली र दाहालको वार्ता बिनानिष्कर्ष टुंगिएको हो। मन्त्रिमण्डल कति सदस्यीय बनाउने भन्ने विषयमा थप गृहकार्य आवश्यक रहेको भन्दै दुर्इ नेताबीचको वार्ता सकिएको श्रोतले जनाएको छ।
ओली र दाहालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो। शीतलनिवासमा राष्ट्रपतिसँगको छलफलमा मन्त्रिमण्डल कति सदस्यीय राख्ने र कुन मन्त्रालय राख्ने भन्ने विषय उठेपछि मन्त्रिमण्डल विस्तार तत्काललाई केही दिन थाती राख्ने निचोडमा दुर्इ नेता पुगेका हुन्। संविधानमा २५ सदस्यीय मन्त्रिमण्डल बनाउन सकिने व्यवस्था छ। ओली र दाहाल भने १८ सदस्यीय भन्दा बढीको मन्त्रिमण्डल बनाउन नहुनेमा छन्।
काठमाडौमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने दुर्इ दिनभित्रै मन्त्रिमण्डल विस्तार हुने जनाउँदै सरकारको मुल प्राथमिकता नै समृद्धि र विकास भएकोले आफू हरतरहले जनतालाई यो उपलब्धिको अनुभूति गराउन प्रयत्नशील रहने बताए। ‘मेरो हरेक पाइला विकासका लागि र विकासको बाटोमा हुनेछ’ प्रधानमन्त्री ओलीले भने ‘अब विकासका लागि हरेक जमिनको टुक्रा र हरेक थोपा पानीको पनि उपयोग हुन्छ।’
प्रधानमन्त्री ओलीले नेपालको ऐतिहासिक महत्वका किल्ला र गढीहरुको संरक्षण र पुनःनिर्माणको जिम्मा नेपाली सेनालाई दिने बताए। ‘युद्धसँग जोडिएका ती किल्लाको महत्व, अपनत्व, ऐतिहासिकता, दुःखकष्टसँग सेना जोडिएको हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘यस कामका लागि सरकारको पूर्ण सहयोग हुन्छ तर त्यसको अगुवाइ सेनाले गर्छ।’ काठमाडौको दहचोकमै रहेको नेपाल एकीकरणका एक सारथी कालु पाण्डेको समाधिस्थलमा माल्यार्पणपछि महोत्सवको उद्घाटन गर्न पुगेका ओलीले नेपाल एकीकरणसँग जोडिएको त्यस ठाउँलाई ऐतिहासिक र पर्यटकीय स्थलको रुपमा समेत विकास सगर्नुपर्ने बताए।
Related News
सम्बन्धित समाचार
साढे २३ करोडमा सभागृह निर्माण
वात्स्यायनलाई पद्मश्री साधना सम्मान, मनुलाई पद्मश्री साहित्य पुरस्कार र सुरेशराज शर्मालाई पद्मश्री गौरव पुरस्कार
स्थानीयका कर्मचारी पनि आन्दोलित
संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
कानुन कार्यान्वयनका लागि हो
hero news full width
मुख्य समाचार
घान्द्रुक होटलका पायोनियर
अध्ययन टोलीले बुझायो प्रतिवेदन : फर्किएला फिर्केको फेरो ?
असाेज ७, २०८०जेल डायरी परिचर्चा : विचारले चिनिएका बिपी
असाेज ६, २०८०गण्डकीका मन्त्रीको सम्पत्ति: मुख्यमन्त्रीको मारुती, भौतिकमन्त्रीको एस्काभेटर
असाेज ६, २०८०हेमदेवी धर्म संस्कृतिपुरस्कारबाट कमलनयनाचार्य सम्मानित
असाेज ६, २०८०घान्द्रुक घुम्न चक्रीय पदमार्ग
असाेज ६, २०८०