पोखरा, ९ फागुन। नेकपा माओवादी (विप्लव समूह) ले मंगलबार आहृवान गरेको नेपाल बन्द क्रममा पोखरामा बम बिस्फोट कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने तीनै जना नेकपा माओवादी -विप्लव समूह) का कार्यकर्ता हुन्। पक्राउ पर्नेमा पोखरा ३१ बस्ने विप्लव समूहका जनसरकार प्रमुख ५८ वर्षीय जगन भन्ने नन्दप्रसाद तिवारी, अखिल नेपाल क्रान्तिकारी किसान संघ कास्कीका अध्यक्ष ६५ वर्षीय पुष्प कार्की र अखिल नेपाल क्रान्तिकारी निर्माण मजदूर संघका ४० वर्षीय खड्कबहादुर राई छन्।
उनीहरु बिस्फोटक पदार्थ मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बन्दक्रममा पोखराका विभिन्न ४ स्थानमा बम राखिएको थियो। चारमध्ये तीन स्थानको बम नेपाली सेनाको डिस्पोजन टोलीले निष्क्रिय पारे पनि पोखरा १४, विजयपुरमा राखिएको प्रेसर कुकर बम बिस्फोट भएको थियो। बिस्फोट परी रेडियो गण्डकीका स्टेशन म्यानेजर घनश्याम पाण्डे र प्रहरी जवान कुलबहादुर खत्री र्घाईते भएका छन्। उनीहरुको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ। यसैबीच, प्रदेश ४ का उद्योग, वन, पर्यटन, आपूर्र्ति तथा वातावरण मन्त्री रामशरण बस्नेतले घाइते पत्रकार पाण्डेको स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् ।
Related News
सम्बन्धित समाचार
चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम
इमानदारितापूर्वक काम गर्न पौडेलको आग्रह
धनराज पोखराको १६ औं मेयर
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९