बुटवल, ९ फागुन। हत्या र फिरौती आतंकका मुख्य अभियुक्त मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (एसपी) श्याम ज्ञवालीका अनुसार देवदहमा प्रहरीमाथि पुनले फायर गरेपछि जवाफी कारबाहीमा पुनसहित उनका सहयोगीलाई गोली लागेको थियो। पुनसँगै रहेका मुख्य सहयोगी सोमबहादुर आले पनि मारिएका छन्।
देवहद नगरपालिका ४ भवानीपुरमा बुधबार बिहान साढे ३ बजे प्रहरी इन्काउन्टरमा गम्भीर घाइते भएका पुन र आलेको बिहान लुम्विनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रमुख ज्ञवालीले बताए। रुपन्देहीमा पुन आएको भन्ने सूचनाका आधारमा प्रहरी टोलि खटिएको थियो।
प्रहरी इन्काउण्टरमा मारिएका गुण्डा नाईके मनोज पुनलाई ११ राउण्ड गोली लागेको छ। बुधबार बिहान ३:३० बजे देवदह नगरपालीका ४ भवानीपुरमा चेकजाँचमा रहेका प्रहरीमाथि पुनले गोली चलाएपछि जवाफी कारबाही उनी मारिएका थिए। पुनमाथि ११ राउण्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार मनोजको छाति, दाहिने खुट्टा, दाहिने हात र पेटमा गरी ११ राउण्ड गोली गालेको हो।
त्यसैगरी, पुनसँगै इन्काउण्टरमा मारिएका अर्का सोम आलेलाई पनि शरीरका विभिन्न स्थानमा गरी ८ राउण्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ।
सिआइबीका एसएसबी घनश्याम अर्यालले पुन र उनका सहयोगी आले प्रहरी इन्काउन्टरमा मारिएको पुष्टि गरेका छन्। प्रहरीले पुनका साथबाट एउटा पेस्तोल समेत बरामद गरेको छ।
पुन देवदह निवासी हुन् भने आले भैरहवा निवासी हुन्। गुण्डा नाइके पुनले युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारी र संघका नेता तथा युवा व्यवसायी बलु पौडेलको हत्यामा आफ्नो संलग्नता रहेको सञ्चारमाध्यमबाट बताउँदै आएका थिए। विभिन्न हत्या तथा आंतकमा पुन मुख्य फरार अभियुक्त हुन्। भारतको गोवाबाट ल्याएर हत्या गरिएको भन्ने विषयमा भने प्रहरीले खण्डन गरेको छ। प्रहरी प्रमुख ज्ञवालीले त्यो निराधार भएको जिकिर गर्दै दोहोरो फायरिङपछि नै इन्काउण्टर भएको बताएका छन्। मृतक पुन र आले दुवैको परिवारलाई शव बुझ्न आग्रह गरे पनि बुधबार साँझसम्म कोही पनि सर्म्पर्कमा नआएको प्रहरी जनाएको छ। शव लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ।
Related News
सम्बन्धित समाचार
गणतन्त्र दिवस ३ दिन मनाइने
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
hero news full width
मुख्य समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९