टीभीएस जुपिटर क्लासिक स्कूटी भित्रियो

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७४
tvs

पोखरा, ९ फागुन। टीभीएस जुपिटर क्लासिक स्कूटी पोखरामा सार्वजनिक गरिएको छ।

टीभीएस स्कूटर र मोटरसाइकलको नेपालमा आधिकारिक बिक्रेता जगदम्बा मोर्र्टसले बुधबार क्षेत्रीय रुपमा उक्त स्कूटी सार्वजनिक गरेको हो।

स्कूटी सार्वजनिकलगत्तै गण्डकी र धौलागिरीको आधिकारिक वितरक बतास ब्रदर्शले बिक्री शुभारम्भ गरेको पोखराका बिक्री प्रबन्धक सन्तोष पोखरेलले बताए। पोखरेलले भने, ‘अन्य संस्करणको जस्तै यस संस्करणको जुपिटर क्लासिकलाई ग्राहकले मन पराउने आशा गरेका छौं।’

टीभीएसका ब्राण्ड एम्वेष्डर नायक आयुष्मान जोशी र  नायिका प्रियङ्का कार्कीले स्कूटी सार्वजनिक गरेका हुन्। नायक जोशीले स्कूटीको लुक्स राम्रो रहेको तथा स्कूटी सुविधाजनक रहेको औंल्याए।

जुपिटर क्लासिक सडकमा गुडाउँदा उच्चकोटीको सवारीसाधन भएको महसुस आफूले गरेको जोशीको भनाइ थियो। नायिका प्रियङ्का कार्कीले स्कूटीले युवायुवतीको मन जित्ने बताइन्। सनलाइट आइभोरी बडी कलर, डिकल्स, इलिगेन्ट फुलक्रोम मिरर, क्रोम बास्केट, आकर्षक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी २ जना बस्न मिल्ने सिट लगायत सुविधा छन्। चालकलाई सुखद अनुभूति र उच्च गति प्रदान गर्ने टिभिएस जुपिटर सडकमा समेत निकै आकर्षक देखिनेे जगदम्बा मोर्र्टसका प्रबन्धक विक्रम पौडेलले बताए। टिभिएस जुपिटर क्लासिक पूरै आल्मुनियम बढी, ११० सिसि इन्जनबाट उच्चतम शक्ति उत्पन्न गर्छ, सुपेरियर एक्सीलेरेशन र निकै फियुल इफिसेन्सी रहेको छ।

चलाउन सजिलो यस स्कूटरमा टीभीएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ। जसको सहायताले इको मोड र पावर मोड दुवैमा चलाउन सकिन्छ। इको मोडमा गुडाउँदा इन्धनमा बचत हुने विश्वास लिइएको छ। कार्यक्रममा नेपाल आइडलका प्रतिस्पर्धी सुरज थापाले सांगीतिक प्रस्तुति दिएका थिए।

बिहीबार भरतपुरमा टीभीएस जुपिटर क्लासिक स्कुटीको शुभारम्भ रहेको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width