पोखरा, ९ फागुन। अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी करन केसीलाई पोखरामा बुधबार सम्मान गरिएको छ। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले आयोजना गरेको कार्यक्रममा प्रदेश ४ का उद्योग, कृषि, वन, आपूर्र्ति तथा वातावरणमन्त्री रामशरण बस्नेतले क्रिकेटर केसीलाई दोसल्ला ओढाएर सम्मानपत्र हस्तान्तरण गरे ।
नामिवियामा भएको डिभिजन-२ नेपालले उपविजेता बन्दै विश्वकप छनोटमा स्थान बनाएको थियो। लिग चरणमा नेपालले ५ मध्ये ४ खेल जितेको थियो। प्रतियोगितामा धेरै नेपाली खेलाडीको प्रदर्शन शानदार रह्यो। क्यानडासं’गको खेलमा केसीले चमत्कारिक खेल प्रदर्शन गरेपछि नेपालको जित सम्भव भएको थियो। नेपालका स्ट्राइक बलर बाग्ालुङका केसीले आफ्नो ब्याटबाट नेपाललाई फाइनलमा पुर्याउन सफल भएका थिए।
कार्यक्रममा मन्त्री बस्नेतले खेल विकासका लागि प्रदेश ४ तयार रहेको उल्लेख गरे। उनले खेलाडीलाई खेलप्रति प्रोत्साहन गर्न केसीलाई प्रदेशको तर्फबाट १ लाख रुपैयाँ बजेट विनियोजन गरिने घोषणा गरे। उनले भने, ‘नामिवियामा नेपाली क्रिकेट टिमले गरेको उच्च प्रदर्शनले नेपालीको शीर उचो बनाएको छ।’
कार्यक्रममा क्रिकेटर केसीले भने, ‘हामी सदा तपाईहरुको साथमा छौं। नेपाली क्रिकेट टिमले खेलमा हारे पनि वा जिते पनि क्रिकेटलाई सधैँं माया गर्नुस्।’
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले खेलाडीले खेलेर बाँच्न सक्ने आधारशीला तयार हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा प्रदेश सदस्य दीपक कोइराला, कृष्ण थापा, राजीव पहारी रर्र् इन्द्रधारा विष्ट समेत उपस्थित थिए । यसैबीच, मन्त्री बस्नेत लगायत प्रदेशसभा सदस्यले पोखरा रंगशालाको पूर्वाधार निरीक्षणसमेत गरे। कार्यक्रममा प्रदेश ४ स्तरीय मदन भण्डारी स्पोर्ट्स एकेडेमीले क्रिकेटर केसीलाई नगद १५ हजार रुपैयाँ प्रदान गर्यो। एकेडेमीका प्रदेश ४ इञ्चार्ज राजेश गुरुङले क्रिकेटर केसीलाई उक्त रकम प्रदान गरेका हुन्।
Related News
सम्बन्धित समाचार
पोखरामा राष्ट्रिय स्नुकर प्रतियोगिता
क्रिकेटमा सेन्ट्रल क्रिकेट एकेडेमीको जीत
‘स्वस्थ नागरिकका लागि खेलमैदान’
लोकतान्त्रिक खेलकुदको बधाई
‘नवौं राष्ट्रिय खेलको मिति परिवर्तन हुँदैन’
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९