हिसान लोकनृत्यमा मेरिगोल्ड उत्कृष्ट

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७४
hissan 1

पोखरा, ९ फागुन । उच्च माध्यमिक विद्यालय एशोसिएसन कास्कीले आयोजना गरेको विद्यालयस्तरीय लोकनृत्य प्रतियोगितामा मेरिगोल्ड बोर्र्डिङ स्कूल उत्कृष्ट भएको छ।

प्रतियोगितामा भाष्कर मेमोरियल स्कूल द्वितीय, पोखरा लिङ्कन कलेज तृतीय, ग्लोबल कलिजियट र पोखरा युनाइटेड स्कूल सान्त्वना भए । उत्कृष्ट भेषभूषातर्फ मदरल्याण्ड स्कूल विजयी भएको कार्यक्रम संयोजक दिवाकर जैसीले जानकारी दिए।

प्रमुख अतिथि प्राज्ञ तीर्थ श्रेष्ठ, हिसान कास्कीका अध्यक्ष रामजी शर्माले विजयीलाई नगद पुरस्कार सहित ट्रफी प्रदान गरे ।

कार्यक्रममा बोल्दै प्राज्ञ तीर्थ श्रेष्ठले लोक संस्कृति नेपालको विशिष्ट संस्कृति भएको बताए ।

हिसान कास्कीका अध्यक्ष शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष याम रोका र सचिव दिवाकर जैसीले गरेका थिए । सांस्कृतिक कार्यक्रम सञ्चालन प्रेमराज अधिकारी र स्वस्तिका मनले गरेका थिए ।गायक कर्मा ग्याल्जेन सहित स्थानीय कलाकारले उक्त अवसरमा प्रस्तुति राखेको हिसानका सहसचिव नारायण शर्मा चापागाइले जानकारी दिए।

२६ विद्यालयले सहभागिता जनाएको अडिसनमा १२ विद्यालयमात्रै अन्तिम चरणमा पुगेका छन् ।

Related News

सम्बन्धित समाचार

  • स्पोर्टस् अवार्डलाई लगातार सहयोग

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । पोखरा स्पोर्टस् अवार्डको सातौं संस्करणलाई पनि पोखरा रामबजारको पुन परिवारले साथ दिएको छ । सेनानी हेमबहादुर पुनको स्मृतिमा…
  • डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । प्रविधि मैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशले डिजीटल पेडागोजीसम्बन्धी कार्यशाला गरेको छ । शिक्षकका लागि प्रविधिमा पहुँचब पु¥याउन,…
  • दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता

    आदर्श समाज सम्वाददाता चैत्र ७, २०७९
    पोखरा । दीपशिखा पुस्तकालय र ट्याग परियोजनाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रिड नेपालअन्तर्गत टेक एज गल्र्स (ट्याग) ट्याग नेपाल…
  • संस्कार समाज नेपालद्वारा सम्मान

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । संस्कार समाज नेपालको पाँचौ वार्षिकोत्सव अवसरमा ३ जना व्यक्तिलाई सम्मानित एवं पुरस्कृत गरियो । पोखरामा आयोजित कार्यक्रममा समाजसेवी…
  • प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा । वडा प्रहरी कार्यालय बैदामका प्रहरी कर्मचारीलाई प्रभावशाली सञ्चार एवं सेवाग्राहीसँग गर्नुपर्ने व्यवहारसम्बन्धी अभिमुखीकरण भएको छ । वडा प्रहरी…

hero news full width