लेखनाथ, ८ फागुन । नेपालको शौक्षिक क्षेत्रमा अग्रणीस्थान हासिल गर्न सफल पोखरा विश्वविद्यालयले मंगलवार एक विशेष कार्यक्रमबीच आफ्नो १५ औं दीक्षान्त समारोह गरेको छ। विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरा लेखनाथ महानगरपालिका वडा नं ३० को खुदीमा आयोजित कार्यक्रममा वि स २०७४ माघ महिनासम्म शैक्षिक तह पार गरेका ३ सय ४७ डीन लिष्टमा पर्ने सफल विद्यार्थीसहित ४ हजार ८ सय २६ जना बिद्यार्थीहरु दीक्षित भएका छन्।
पोखरा विश्वविद्यालयका कूलपति प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रम रहेपनि ओलीको कार्यब्यस्तताले आउन नसकेपछि उपकुलपति प्रा. चिरञ्जीवीप्रसाद शर्माले सहभागी विद्यार्थीहरुलाई दीक्षित गराएका थिए।
कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवम् साहित्यकार तिलविक्रम नेम्वाङ ‘बैरागी काईलो’ले मुलुकको विद्यमान विविधतालाई एकताको स्रोत भनेर बुझाउने शिक्षा नीति हुनुपर्नेमा जोड दिए। उनले मुलुकको जैविक विविधताको संरक्षणमा जोड दिने राज्य र हामीहरुले सांस्कृतिक र भाषिक विविधताको संरक्षण र सर्ंवर्द्धनमा खुशी भएर लाग्नु आजको आवश्यकता भएको धारणा राखे।
‘हामीले सफलतापूर्वक गणतन्त्रमा प्रवेश गरेको परिर्वतनको परिवेशमा मुलुकको विद्यामान विविधतालाई भिन्नतामा जोडका रुपमा नलिएर विविधतालाई एकताको स्रोत हो भनेर बुझाउने शिक्षा नीति हुनुपर्दछ।’
बरिष्ठ साहित्यकार नेम्वाङले मुलुकमा विद्यमान आजको विकराल समस्याहरु नाताबाद, कृपाबाद, कुशासन, गरिबी, अशिक्षा र अनुभवहीनता तथा सत्ताकेन्द्रीत राजनीति मात्र नभएको बताउँदै सांस्कृतिक र सामाजिक समस्याहरु धेरै र विकराल रहेको बताए।
‘सवैभन्दा ठूलो समस्या हामी नेपालीले एकअर्कालाई सांस्कृतिक तवरले नचिन्नु नौ हो, अव हाम्रा विश्वविद्यालयहरुले नेपाली नेपालीवीचमा विद्यमान अपरिचयको पर्खाल भत्काउने शिक्षामा जोड दिन थाल्नुपर्छ,’ उनले भने।
प्राथमिक तहदेखि शिक्षामा उचितस्थान दिएर मातृभाषाहरुको संरक्षणमा टेवा दिन सकिन्छ भन्दै साहित्यकार बैरागी काँइलाले सांस्कृतिक विविधतालाई राष्ट्रिय हितको सर्ंवर्द्धनमा बल पुग्नेगरी समावेश गरेर अघि बढाउन सकिने सुझाव राख्दै दीक्षित विद्यार्थीहरुलाई आफ्नो कार्य क्षेत्रमा इमान्दारी र कर्तब्यनिष्ठ भई देशको गौरव र प्रतिष्ठा अभिबृद्धि गर्ने कार्यमा दृढ संकल्पित भएर कसैप्रति कुनै समुदाय र जात्रि्रति बैरभाव नराखी कर्मभूमी र जन्मभूम्रि्रति आफुले आर्जन गरेको ज्ञान र सीपको प्रयोग गरवी देश र जनताको लागि इमान्दार भएर काम गर्नका लागि शुभकामना दिए।
कार्यक्रममा विश्वविद्यालयका कुलपति प्रा.चिरञ्जीवीप्रसाद शर्माले शैक्षिकसत्र २०७४ मा स्नातकतहमा १० हजार ४५, स्नातकोत्तरतह एमफिल तहमा ९७ जना विद्यार्थीहरुलाई निःशूल्क छात्रबृत्ति उपलब्ध गराइएको जानकारी दिदैं राष्ट्रिय विकासमा पोखरा विश्वविद्यालयले महत्वपूर्ण योगदान दिएको बताए।
पोखरा विश्वविद्यालयका आफ्ना चारवटा आङ्गिक, महाविद्यालय र ५८ वटा सम्वन्धनप्राप्त महाविद्यालहरुमार्फत विभिन्न प्राविधिक् एवम् साधारण विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा पठन पाठन गराउदै शैक्षिकसत्र २०७४ मा आङ्गिकतर्फ दुर्इहजार ८० जना र सम्वन्धनप्राप्त महाविद्यालयहरुतर्फ २७ हजार ४ जना विद्यार्थीहरु अध्ययनरत् रहेका छन्।
सोही अवसरमा विज्ञान तथा प्रबिधि संकायतर्फका सवैभन्दा उच्च अंक प्राप्त गरेका गोल्ड मेडलिष्ट आयुष श्रेष्ठ, उपकुलपति पदकबाट स्नातक तहका निपेश श्रेष्ठ, स्नानकोत्तर तहतर्फ कुलपति पदकबाट हेमप्रभा रामप्रताप कर्ण गणेश पौडेल, समिप पाण्डे र स्वेता तिमिल्सिनालाई सम्मान गरिएको थियो। यस बर्षको लक्ष्मी विद्या पदकबाट ब्यवस्थापन संकाय ब्यवसाय प्रशासनमा स्नातकोत्तर तहमा सवैभन्दा उच्च अंक प्राप्त गर्ने समिप पाण्डे र विशिष्ट श्रेणीप्राप्त स्वेता तिमिल्सिनालाई पदक प्रदान गरिएको थियो।
कार्यक्रममा ब्यवस्थापन संकायका डीन प्रा. हरिबहादुर खड्का, विज्ञान तथा प्रविधि संकायका डीन इ. बुद्धिराज जोशी, मानबिकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा. डा . इन्द्रप्रसाद तिवारी, स्वास्थ्य विज्ञान संकायका डीन खेमराज जोशी लगायतले आफनो धारणा राखेका थिए।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९