हेमजा, ८ फागुन। पोखरा-२५, हेमजास्थित हेमजा युनाइटेडको आयोजनामा नयाँ वर्षसंगै हुँदै आएको शुभकामना कपको आगामी श्रृंङखला सम्पन्न गर्न मंगलवार सरोकारवालाको बृहत भेला भएको छ।
उक्त भेलाले कप सञ्चालन गर्न क्लवका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीको संयोजकत्वमा क्लवका उपाध्यक्ष मनोजकुमार श्रेष्ठ सहसंयोजक, क्लवका सचिव शंकरमणि त्रिपाठी सदस्य सचिव रहेको मूल आयोजक समिति गठन गरेको छ। त्यस्तै सोही भेलाले ऋषिराम पौडेल संयोजक तथा राजेश त्रिपाठी सहसंयोजक रहेको अर्थ संकलन उपसमिति, प्रकाशचन्द्र सापकोटा संयोजक मनोजकुमार श्रेष्ठ सहसंयोजक रहेको प्रचारप्रसार उपसमिति पनि गठन गरेको छ।
सोही भेलाले धमेन्द्र कुँवरको संयोजकत्वमा विकास कुँवर सहसंयोजक रहेको खेलमैदान व्यवस्थापन उपसमिति, राजु कुँवरको संयोजकत्वमा खेलकुद सामग्री तथा रेफ्री व्यवस्थापन उपसमिति, बुद्घदेवी कुँवरको संयोजकत्वमा स्वागत, सत्कार उपसमिति, विकास कुँवरको संयोजकत्वमा स्वयमसेवक तथा युवा परिचालन उपसमिति, हेमजा हस्िपटलको संयोजकत्वमा स्वास्थ्य सेवा उपसमिति गठनसमेत गरेको छ।
त्यस्तै, उक्त भेलाले क्लवका सचिव शंकरमणि त्रिपाठीको संयोजकत्वमा कार्यक्रम सञ्चालन उपसमिति, महदत्त पौडेलको संयोजकत्वमा खाजा व्यवस्थापन उपसमिति, शंकरमणि त्रिपाठीको संयोजकत्व तथा खिमलाल तिम्सिनाको सहसंयोजकत्वमा सचिवालय व्यवस्थापन उपसमिति, संजय तिम्सिनाको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, गौरीशंकर माविका प्रधानाध्यापक अम्वरबहादुर कुँवरको संयोजकत्वमा वडासदस्य जीतबहादुर कार्की, वडासदस्य दलबहादुर कुँवर, गौरीशंकर क्याम्पसका क्याम्पस प्रमुख ओमबहादुर कुँवर सदस्य रहेको अनुगमन उपसमिति तथा क्वलका कोषाध्यक्ष इन्द्रबहादुर कुँवरको संयोजकत्वमा पुरस्कार तथा मायाको चिनो उपसमिति पनि सर्वसम्मत चयन गरेको छ।
भेलाका वक्ताहरुले शुभकामना कप हेमजाको पहिचानसंग जोडिएको चर्चा गर्दै स्वास्थ्य र विकासका लागि पनि खेल आवश्यक रहेको औल्याएका थिए। क्लवका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन क्लवका सचिव शंकरमणि त्रिपाठीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
प्रखेप सदस्यसचिव नियुक्ति प्रकरणमा अदालत भन्छ : योग्य उम्मेदवारको मात्र परीक्षा लिनू
पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
पोखरामा वडास्तरमा खेलकुद
प्रदेश सरकारबाट क्रिकेट खेलाडी सम्मानित
वडाध्यक्ष कप व्याडमिन्टन
hero news full width
मुख्य समाचार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९पोखरामा माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
चैत्र १७, २०७९