पोखरा, ८ फागुन। पोखरा लेखनाथ महानगरपालिका वडा नं १० अमरसिंह कामना टोलस्थित तरेली साँस्कृतिक परिवारले १६ औं वाषिर्कोत्सव पोखरा बृद्वाश्रममा मनाएको छ । परिवारले वाषिर्कोत्सव तथा प्रजातन्त्र दिवसको अवसरमा सोमवार पोखरा १७ पोखरा बृद्वाश्रममा विविध साँस्कृतिक कार्यक्रम सहित एक छाक भोजन दान गरेको छ। साँस्कृतिक कार्यक्रमबाट बृद्वबृद्वाले मनोरञ्जन लिएका थिए।
कार्यक्रममा प्रमुख अतिथि परिवारका सल्लाहकार, कवि, साहित्यकार पदमराज ढकालले तरेली साँस्कृतिक परिवारले अत्यन्तै उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे। जेष्ठ नागरिकहरुको आश्रममा पुगेर साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै भोजन दान गर्नु अत्यन्त पुण्यकर्म भएको उनको भनाइ थियो।
परिवारका सल्लाहकार, बरिष्ठ नृत्य निर्देशक गोरे गुरुङले तरेलीले अनुकरणीय कार्य गरेकोमा खुशी व्यक्त गरे।
पोखरा बृद्वाश्रमका अध्यक्ष बसन्तकेशव पराजुलीले मनकारीहरुको साथ र सहयोगले बृद्वश्रमले बृद्वबृद्वाहरुको सेवा गर्ने अवसर पाएको उल्लेख गरे।
तरेली साँस्कृतिक परिवारका अध्यक्ष राजबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सहसचिव घनश्याम पुनले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
वाइयुके सुपरमार्केट तीजगीत
राधाकृष्ण गुरुकुल विद्यालयको भवन उद्घाटन
शिवटोल विकासमा नयाँ कार्यसमिति
कास्की मोडनाइज्डमा अभिमुखीकरण
मिडिया फुटसल प्रतियोगिता हुने
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९